काठमाडौं । आइतबार सेयर कारोबार बन्द नहुने भएको छ । सेयर कारोबार खुलेपछि केहीबेर नेपाल स्टक एक्स्चेन्जमा तनाव सिर्जना भए पनि कारोबार नरोकिने नेप्सेले जनाएको छ ।
नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारका तर्फबाट आधिकारिक पत्र नआएकाले आइतबार कारोबार जारी रहने जानकारी दिए ।








