चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन् भने भरतपुर महानगरपालिकाका १ महिला र १ पुरुष गरि २ जना संक्रमण पुष्टि भएको छ ।








