• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा ५७ कोष्ठरोगी उपचाररत

  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कुष्ठरोगको समयमै उपचार गरे कुरुप र अंगभंग हुनबाट बच्न सकिने विज्ञहरुले बताउनु भएको छ । ७० औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा स्वास्थ्य कार्यालय चितवनले आज आयोजना गरेको छलफल कार्यक्रममा उहाँहरुले समयमा पत्ता लगाएर औषधि सेवन नगर्दा अंगभंग हुने र कुरुप देखिने बताउनु भएको हो । कार्यक्रममा कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले समयमै पत्ता लगाएर नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने बताउनु भयो ।

    उहाँले सर्ने खालको कुष्ठरोगका लागि एक वर्ष र नसर्ने खालको कुष्ठ रोगका लागि ६ महिना औषधि खाएमा पूर्ण रुपमा निको हुने बताउनुभयो । उहाँले चितवनमा बि.सं. २०५१ सालदेखि हालसम्म १ हजार ९०० जना कुष्ठरोगी औषधि सेवनपछि निको भएको जानकारी दिनुभयो । कुष्ठरोगीसँग नियमित सम्पर्कमा आउनेहरुलाई रोग सर्न सक्ने बताउनुभयो ।

    २०७६ देखि ०७८ सालसम्म विगतमा कुष्ठरोगी रहेका छ सय जनाको नजिकका करिब ३० हजारलाई रोग नलागोस् भनेर एसडिआर औषधि खुवाईएको दुवाडीले जानकारी दिनुभयो । जिल्लामा हाल ५७ जना कुष्ठरोगीले नियमित औषधि सेवा गरिरहेका छन् । सरकारले कुष्ठरोगको पहिचान र औषधि निःशुलक गर्दै आएको छ । पूरा मात्रा औषधि सेवन गरेकाहरुलाई औषधिको मात्रा पूरा भएपछि एक हजार रुपैयाँ यातायात खर्च समेत दिने गरेको दुवाडीको भनाई छ । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जनचेतनाको अभाव र समाजमा घृष्णाको दृष्टिकोणले हेर्ने हुँदा अझै पनि कुष्ठरोगीहरु खुलेर उपचारमा नआउने गरेको बताउनुभयो ।

    अझै पनि भगवानको श्राप वा पापका कारणले कुष्ठरोग लाग्छ भन्ने भ्रम रहेको भन्दै चापागाईले भन्नुभयो “कुष्ठ रोग सुक्ष्म किटाणुको संक्रमणबाट हुने रोग हो । यो कुनै श्राव वा पापका कारणले लाग्ने होइन ।” चार हजार वर्षभन्दा पुरानो रोग रहेको भन्दै चापागाईले सीमान्तकृत र जनजातिमा कुष्ठरोगको संक्रमण बढी देखिने गरेको बताउनुभयो । उहाँले भारतमा अधिक कुष्ठरोगी रहेको बताउँदै नेपालका सीमावर्ती क्षेत्रहरुमा त्यसको प्रभावस्वरुप बढी संक्रमित भेटिने गरेको जानकारी दिनुभयो ।

    कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त रहेको भन्दै उहाँले समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक रहेको बताउनुभयो । समाजका सबै सरोकारवालाहरू, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोचको खाँचो रहेको भन्दै चापागाईले यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्ने कान्तिपुर हेल्थलाई बताउनुभयो ।

    कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म जीवाणु ‘माईकोब्याक्टेरियम लेप्रे’ का कारण लाग्ने रोग हो । यो रोगले मानिसको छाला र स्नायु (नशा) मा प्रभाव पार्छ । कुष्ठरोग बालबालिकादेखि वृद्धवृद्धा जोकोहीमा पनि हुन सक्छ । यसको समयमै लक्षण थाहा पाएर उपचार गरे पूर्ण निको हुन्छ । कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको २ देखि ५ वर्ष भित्रमा यस रोगको प्रारम्भिक लक्षण देखा पर्छ ।

    विश्वभरमा गरिएको अध्ययन अनुसार संसारका ९९ प्रतिशत मानिसमा कष्ठरोगसँग लड्ने प्रतिरोध शक्ति हुन्छ । अर्थात सय जना मानिसको शरीरमा कुष्ठरोगकाजीवाणुले प्रवेश गरेमा एक जनालाई मात्र यो रोग लाग्न सक्छ । बिरामीले श्वास फेर्दा वा हाच्छिउँ गर्दा कुष्ठरोगका जीवाणु बिरामीको शरीरबाट बाहिर आउँछ र स्वस्थ व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्छ ।

    कुष्ठरोगका मुख्य लक्षणहरुमा शरीरमा नचिलाउने रातो वा फुस्रो दागहरू देखा पर्नु, हातखुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराएर जानु, स्नायु (नशा) सुन्निनु र पीडा हुनु, हात खुट्टा ताथा आँखाको मांशपेशीहरू कमजोर हुदै जानु, कानको लोती बाक्लो हुनु वा लोतीमा गिर्खाहरू देखिन, अनुहारको छाला रातो, बाक्लो र चिल्लो, चम्किलो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउ हुनु आदि हुन् । यी मध्ये एक–दुई वा सबै लक्षणहरु देखिन सक्छन् ।

    कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ । बढी किटाणु भएको अर्थात सर्ने (एमबी) कुष्ठरोग र कम किटाणु भएको अर्थात नसर्ने (पीबी) कुष्ठरोग । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ ।

    बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.