• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कुष्ठरोग निवारणका चुनौति उस्तै, विरामी भेटिनेक्रम रोकिएन

  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ भन्ने मूल नारा सहित नेपालमा काम भइरहेपनि यसको निवारणका चुनौतिमा कमी आउन सकेको छैन । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो रोगसँग सम्बन्धित परम्परागत गलत धारणमा अझै परिवर्तन आउन नसक्दा निवारणको चुनौति कायमै रहेको हो । चालु आर्थिक वर्षमा नेपालभर २ हजार २८५ जना कुष्ठरोगीहरु भेटिएका छन् । जसमा ९८९ जना महिला रहेका छन् । भेटिएका बिरामीमध्ये १४ वर्षमुनिका विरामीको संख्यामात्रै ७३ छ ।

    प्रदेशगत रुपमा सवैभन्दा धेरै मधेश प्रदेशमा ९१० जना, लुम्बिनी प्रदेशमा ५८१ जना, प्रदेश १ मा ३४५ जना,सुदुर पश्चिम प्रदेशमा २०५ जना, गण्डकी प्रदेशमा ९३, वागमती प्रदेशमा ८३ र कर्णाली प्रदेशमा ६८ जना विरामी रहेका हुन् । सन् २००० को तुलनामा २०२१/२२ मा भने नयाँ विरामीहरु बढ्नेक्रमको दर निकै घटेको छ । तर निराकण भने भएको छैन । नवलपुरमा ९ जना नयाँ कुष्ठरोगीहरु फेला परेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्म २ जना महिला र ७ जना पुरुष गरी ९ जना विरामी नयाँ रहेका हुन् ।

    गैँडाकोट नगरपालिकामा १ महिला सहित ३ जना, हुप्सेकोटमा १ जना, मध्यविन्दुमा १, देवुचलीमा १, कावासोतीमा १ जना विरामी रहेका हुन् । स्वास्थ्य कार्यालय नवलपुरका ल्याव टेक्निसियन डिल्लीराम तिवारीका अनुसार ७० औँ विश्व कुष्ठरोग दिवस माघ १५ गते तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म १२ जना विरामी निको भएका छन् । जसमा महिला र पुरुष ६/६ जना छन् । गैँडाकोटका १, हुप्सेकोटका १, विनयी त्रिवेणीका २, मध्यविन्दुका २ , देवचुलीका ५ ।

    कावासोतीका १ जना विरामी निको भएका हुन् । कुष्ठरोग निवारणका लागि अहिले सक्रिय विरामी खोज पड्ताल, कुष्ठररोग रोकथा कार्यक्रम, जनचेतना मुलक कार्यक्रम, अपाङ्गता रोकथाम, पुनस्र्थापना लगायतका कार्यक्रम संचालन गरिएको छ ।  राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२ अहिले जारी छ कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य संचालन निर्देशीका २०७५ अनुसार अहिले गतिविधिहरु भइरहेका छन् । सन् २०२१–२०३० सम्म शून्य कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र लागु छ ।

    कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य भएपनि अझै पनि कुष्ठरोगका कारण हुने अपांगता दर उच्च रहेको ,हाल पनि स्थानिय संक्रमणदर उच्च रहेको ,कुष्ठरोग प्रति सामाजिक भेदभाव बिद्यमान रहेको ,कुष्ठरोग कार्यक्रमको अभिलेख प्रतिवेदनमा दुरुस्त नरहेको ,कुष्ठरोग कार्यक्रम सरोकारवालाहरुको कम प्राथमिकतामा रहेको ,कुष्ठरोगसंग सम्वन्धित दक्ष जनशक्तिको कमि आदिले समस्या भइरहेको बताएएको छ । कुष्ठरोगका लक्षण तथा चिन्हहरु देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित बहु औषधी उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रुपले निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । कम सर्ने खालको कुष्ठरोग ः ६ महिना र सर्ने खालको कुष्ठरोग ः १२ महिना नियमित औषधी सेवन गर्नुपर्छ ।

    चिन्ह र लक्षणको आधारमा कुष्ठरोग दुइ प्रकारका छन् । कम सर्ने खालको कुष्ठरोग ः शरीरमा १ देखि ५ वटा लाटो वा फुस्रो नचिलाउने दागहरु भएको र सर्ने खालको ः शरीरमा ५ वटा वा सोे भन्दा बढी लाटो वा फुस्रो नचिलाउने दागहरु भएमा, स्नायु सुनिएमा वा दागहरुबाट लिईएको स्मियरमा किटाणु देखिएमा तुरुन्तै जचाउन चिकित्कहरुले सुझाव दिएका छन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.