• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा

  •   शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा पुगेको छ । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको बिषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो ।

    रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षवीच आरोपप्रत्यारोप चलेको छ । प्रदेशसभामा निर्वाचित संसद शारदादेवी थापाले जिल्ला कमिटीको बैठकमा जिल्ला र प्रदेशका नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेकी थिइन् ।

    निर्वाचनमा विपक्षी दलसँग मिलेर असहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेतसहितलाई कारबाहीको सिफारिस गरेपछि महोत्तरी एमालेको विवाद चरमोत्कर्षमा पुगेको हो ।

    थापाले लगाएको आरोपलाई शंकर महतोले पनि साथ दिएका छन् । महतो एमाले प्रवेश गर्नुपुर्व माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयमा बसेर काम गरेका नेता हुन् ।

    महोत्तरी–१ बाट संघमा र बाँकी २ ठाउँमा प्रदेश संसद जितेको नेकपा एमालेको विवाद क्षेत्र–१ बाट नै सुरु भएको छ । एमाले उम्मेदवारहरुले जिते पनि सांगठनिक मत भने पार्टीइतरका उम्मेदवारलाई गएको निर्वाचित जनप्रतिनिधिहरुको बुझाइ छ ।

    यही विषयलाई लिएर शारदादेवी थापा पक्ष क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेत पक्षमा खनिएको छ । जिल्ला कमिटीको बैठकमा थापालाई हराउन पार्टीभित्रैबाट फाल्गुन सुस्लिङ मगरलाई बागी उम्मेदवार बन्न उक्साएको, गुट सिर्जना गरेर छुट्टै भेला गरेको, केन्द्रीय सदस्य बुधिनिदेवी र बस्नेतले छुट्टै बैठक बसी पार्टी उम्मेदवारलाई हराउन भुमिका खेलेको जस्ता आरोपसहित इन्चार्ज बस्नेतको बिषयमा प्रदेशमा ध्यानाकर्षण गराइएको छ ।

    प्रदेश कमिटी सदस्य चन्द्रबहादुर क्यापछाकी निर्वाचन अवधिभर निष्क्रिय रहेको विषय पनि बैठकमा उठाइएको छ । नेता क्यापछाकीको भूमिकासमेत शंकास्पद रहेको भन्दै प्रदेशलाई ध्यानाकर्षण गराइएको छ ।

    जिल्ला कमिटी सदस्य कुमार भण्डारीको जिम्मेवारीलाई लिएर पनि समीक्षा बैठकमा आलोचना भएको छ । पार्टीका उम्मेदवारविरुद्ध नै सार्वजनिक ठाउँमा गलत अभिव्यक्ति दिएर पार्टी हराउने अभियानमा लागेको, पार्टी प्रचारप्रसार समितिलाई विपक्षीहरुसँग मिलेर आक्रमणको प्रयास गरेकोजस्ता उनीमाथि आरोप लागेका छन् ।

    केन्द्रीय अध्यक्ष केपी ओलीनिकट मानिने गुरु भट्टराईमाथि पनि आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेको छ । विवाद बढ्दा जाँदा आगामी १५ चैतमा हुने भनिएको जिल्ला अधिवेशन अन्योलग्रस्त बनेको नेताहरु बताउँछन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.