• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्यार्थी लक्षित दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता

  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुकेश कुमार यादव

    सिरहा । सिराहाका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । धनगढीमाई नगरपालिकाअन्तर्गतका दिवाखाजा कार्यक्रम सञ्चालन भएको विद्यालयहरुमा व्यापक अनियमितता भएको पाइएको हो। धनगढीमाई नगरपालिका–८ इटारीस्थित कक्षा ५ सम्म पढाइ हुने जनता आधारभूत विद्यालयको हाजिरी रजिष्ट्ररमा १२६ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले अनुगमनगर्दा ८९ जना फेला परेको र त्यसमा १५ प्रतिशत (१३ जना) संख्या थप गरी १०२ जना विद्यार्थीको १५ रुपैयाँको दरले ९० दिनको एक लाख ३७ हजार ७०० अनियमतिता भएको पाइएको छ ।

    यस विद्यालयमा ३० देखि ३५ जनामात्र विद्यार्थी उपस्थित हुने गरको स्थानीयहरु बताउँछन् । धनगढीमाई नगरपालिका–३ कुड्वा हनुमान नगरस्थित दलित जनजाती विद्यालय कक्षा ३ सम्म पढाई हुन्छ । विद्यालयको हाजिरी रजिष्ट्ररमा ९१ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले गरेको अनुगमनमा ७८ भेटिएको उल्लेख छ । सोही आधारमा १५ प्रतिशत थप गरेर ८४ जना विद्यार्थीको ९० दिनको लागि १५ रुपैयाँका दरले एक लाख ३४ हजार चारसय रुपैयाँ निकासा पाएको छ ।

    तर, गत माघ ३ गते बालकक्षासहित २५ जना विद्यार्थी उपस्थिति थिए । नगर भित्रका अन्य आधारभूत विद्यालयको अवस्था पनि योभन्दा फरक छैन । खाजाको रकम अनियमितता गर्ने नियतले नै प्रधानाध्यापकहरुले विद्यार्थी संख्या बढाउँदा पनि शिक्षा शाखाका कर्मचारीहरु निश्चत प्रतिशत कमिशन लिएर विद्यालयले पेस गरेकै विवरणको आधारमा सबै शिर्षकको रकम सहजै सिफारिस गर्ने गरेको आरोप छ । विद्यालयहरुमा दिवाखाजा तथा अन्य शिर्षकको रकम छुटा–छुटै पठाउने गरेकाले अत्यन्त न्यून रकम देखिए पनि शाखाका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकहरुले यसमा ठूलै रकमको चलखेल गर्ने गरेको नाम नखोल्ने सर्तमा एकजना अवकास प्राप्त प्रधानाध्यापकले सुनाए ।

    उनले भने, ‘प्रत्येक विद्यालयहरुमा विर्षिक रुपमा करिव १५ वटा विद्यालय शिक्षा सुधारदेखि लिएर विभिन्न मसलन्द, नन–स्यालरी, अडिट खर्च लगायतको शिर्षकमा गरी १०० विद्यार्थीको नामांकन रहेको विद्यालयमा ५ लाखसम्म जाने गरेको छ ।’ तर, यहाँका प्रधानाध्यापकहरुले भने एक ÷दुई शिर्षकबाहेक आएको रकममा शाखाको मिलोमतोमै व्यापक भ्रष्टाचारी गर्ने गरेको उनको आरोप छ । उनले थपे, ‘प्रधानाध्यापकहरुले अहिले शिक्षा शाखाका कर्मचारीलाई नजराना नतिरे उसको बिल, भरपाई समेत फछ्र्याैट हुदैनन् ।

    अहिले विद्यालयहरुमा शिक्षको नाममा व्यापक रुपमा भ्रष्टाचार मौलाएको देखिन्छ ।’ शिक्षा शाखाले दिवाखाजामा अनियमितता हुने महसुस गरेर परीक्षा र अन्य समयमा गरेको अनुगमनको आधारमा खाजाको रकम दिने गरेको दाबी गरेको छ । नगरले शिक्षा शाखाका लागि काजमा खटाइका प्रदिप कुमार साहले भने, ‘खाजा कार्यक्रममा अनियमितता हुने गरेको गुनासोपछि नगर शिक्षा शाखाले परीक्षा र अन्य समयमा उपस्थित विद्यार्थी संख्यालाई आधार मानेर १५ प्रतिशत संख्या थप गरी खाजाको रकम पठाउने निर्णय अनुसार गरेका छौं ।’

    यसरी विद्यालयमा खाजा कार्यक्रमको नाममा हुने अनियमितताको रकम प्रधानाध्यापक हुँदै शिक्षा शाखासम्म जाने शिक्षकहरु बताउँछन् । नगरपालिकाले वडा नम्बर ८ स्थितको जनता माध्यामिक विद्यालय अयोध्या नगरका शिक्षक प्रदीपकुमार साहलाई शिक्षा शाखाका लागि काजमा खटाइ उनको सट्टा शिक्षक भर्ना गरी तलबभता खुवाउने गरेको स्थानीयहरु बताउँछन् । धनगढीमाई नगरपालिकामा ८ वटा माध्यामिक विद्यालय २५ वटा आधारभूत र ४ वटा मर्दशा गरी जम्मा ३७ वटा विद्यालय छन् ।

    २०७८÷७९ मा इमिसको आधारमा करिव १० हजारभन्दा माथि विद्यार्थीहरु अध्यनरत रहेको शिक्षा शाखाले जनाएको छ । यस पालिकामा नेपाल सरकारको इमिसको आधारमा जम्मा १९ वटा निजी विद्यालय रहे पनि जम्मा २५ वटा विद्यालय संचालनमा रहेको शाखाले जनाए । नगरमा रहेका जम्मा ३७ विद्यालयको लागि गत आर्थिक वर्षमा पालिकाले ७५ दिनको ६१ लाख ७१ हजार ७०० रुपैयाँ र चालू आर्थिक वर्षमा ९० दिनको ५२ लाख २१ हजार पेस्कीबापतको रकम निकासा गरिएको जनाएको छ ।

    राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरे पनि विद्यार्थी संख्या नबढेर अनियमितता बढेको पाइएको छ । पछिल्लो समय राज्यले शिक्षामा जति नै लागानी गरे पनि निगरानी बढाउन नसक्दा शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.