• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मनलाग्दी सवारी भाडा असुल्दा सर्वसाधारण मर्कामा

  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत ।  हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा १६ फागुन ०७८ मा जिल्ला प्रशासन कार्यालयले तीन सय १३ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । निर्धारित दरभन्दा व्यवसायीले यात्रुसँग उठाउँदै आएको भाडा झन्डै चार गुणाले बढी हो ।

    गत साता सुर्खेत झर्ने क्रममा चंखेली गाउँपालिका– ३ का धनमान ऐरीले सल्लीसल्लादेखि कबाडीसम्म जिपमा यात्रा गर्दा एक हजार दुई सय भाडा तिरेको बताए । ‘सल्लीसल्लादेखि कबाडीसम्म जिपले एक हजार दुई सय भाडा लियो ।

    १६ फागुन ०७८ मा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकाय र यातायात व्यवसायीसमेतको बैठकले अस्थायी रुट परमिट र जिल्लाभित्रका सडकखण्डको भाडादर निर्धारण गरेको थियो । तर, उक्त भाडादर कार्यान्वयन भएको छैन ।

    सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि कच्ची सडकको भाडादर ८० रुपैयाँ तोकिएकोमा व्यवसायीले पाँच सय असुल्दै आएका छन् । त्यस्तै, सर्केगाड– १ को खच्चादेखि भुज्माधारासम्म पाँच किमि कच्ची सडकमा ४० रुपैयाँ भाडा तोकिएकोमा व्यवसायीले तीन सयसम्म लिने गरेका छन् । अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको ८० रुपैयाँ भाडा निर्धारण भएकोमा व्यवसायीले दुई सय असुल्दै छन ।

    ताजाँकोट गाउँपालिकाको कबाडीदेखि ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला चाँखुरेसम्म ११ किमि छ । जसको भाडादर ८८ रुपैयाँ निर्धारण गरिएकोमा व्यवसायीले तीन सय उठाउँछन । त्यस्तै, लयटादेखि काडागाउँसम्म ५६ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति गरेको व्यवसायीले दुई सयका दरले असुल्दै आएका छन्।

    सिमकोटदेखि हिल्सासम्म ९५ किमिको भाडा निर्धारण ९५०, असुल्छन २०००

    हुम्ला सदरमुकामा सिमकोटदेखि हिल्सासम्म पनि भाडादरमा ठगी अचाक्ली छ । जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीसँगकै सहमतिमा ९५ किमिको यो सडकको भाडादर नौ सय ५० रुपैयाँ कायम गरेको थियो । तर, अहिले व्यवसायीले दुई हजार रुपैयाँ असुल्ने गरेका छन् ।

    सिमकोट–खार्पुनाथ खण्डको १२ किमि कच्ची सडकको भाडादर एक सय २० रुपैयाँ तोकिएको थियो । तर, व्यवसायीहरूले आठ सय रुपैयाँसम्म लिने गरेका छन् ।

    सर्केगाड– ३ उनापानीकी बाली फडेराले ४ माघमा सर्केगाडको पालिका केन्द्रदेखि सल्लीसल्लासम्म पाँच सय रुपैयाँ र सल्लीसल्लादेखि बाजुराको धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको गुनासो गरिन् । धुलाचौरबाट बाजुराकै पिलुचौर पुग्दा थप पाँच सय तिरेको उनले बताइन् । त्यस्तै, पिलुचौरदेखि कालिकोटको लालिघाट पुग्दा अर्को दुई हजार भाडा लागेको सुनाइन् । हुम्लाका नागरिक प्रदेश राजधानी सुर्खेत आउन बाजुरा, कालिकोट हुँदै यात्रा गर्नुपर्छ । ‘पालिका केन्द्रबाट प्रदेश केन्द्र सुर्खेतसम्म पुग्दा सात–आठ हजार खर्च भयो । होटेलमा पनि बस्नुपर्ने भएपछि गाडीभन्दा त जहाज नै चढ्दा पो सस्तो पर्नेजस्तो देखियो,’ फडेराले भनिन् ।

     

    हुम्लाकै चंखेली गाउँपालिका– ४ का झक्क रोकायाले पनि सल्लीसल्लादेखि धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको बताए । धुलाचौरदेखि बाजुराको जगन्नाथ गाउँपालिका– १ पिलुचौरसम्म थप तीन सय र त्यहाँबाट नयाँ गाडी फेरेर कालिकोटको लालिघाट बजारसम्म ६१ किमिका लागि सुर्खेत बुलबुले यातायात प्रालिले प्रतिव्यक्ति दुई हजार लिएको गुनासो गरे ।

    बाजुरा खण्डमा पनि कार्यान्वयन भएन भाडादर, यात्रुमाथि उस्तै ठगी

    बाजुरा जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका सडकखण्डमा भाडादर निर्धारण गरेकोमा यात्रुमाथि ठगी उस्तै छ । बुढीनन्दा नगरपालिकाको कोल्टीदेखि जिल्लाकै हिमाली गाउँपालिकास्थित धुलाचौरसम्म १७ किमि कच्ची सडकमा जिल्ला प्रशासनले दुई सय चार रुपैयाँ भाडा तोकेको छ । तर, व्यवसायीले पाँच सय रुपैयाँ लिँदै आएका छन् ।

    त्यस्तै, कोल्टीदेखि कबाडी (बाजुरापट्टि)सम्म १९ किमि कच्ची सडकको भाडादर दुई सय २८ तोकिएकोमा जिपले हजार असुल्ने गरेका छन् । कोल्टीदेखि पिलुचौरसम्म ६ किमि दूरीमा पनि ७२ रुपैयाँ भाडादर निर्धारण भएकोमा दुई सय लिने गरेका छन् । कोल्टीदेखि कालिकोटको लैफु २३ किमि छ । भाडादर दुई सय ७६ निर्धारण गरिएकोमा व्यवसायीले पाँच सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

    ज्यानको जोखिम मोल्दै गाडीमा यात्रा, सडकको स्तरोन्नति कहिले ?

    हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किमि खण्ड निर्माणका लागि ९ चैत ०७१ मा सेनालाई जिम्मा दिइएको थियो । ६ वर्षमा ट्र्याक खुलेपछि गाडी गुड्न थालेका हुन् । सल्लीसल्लादेखि सर्केगाड गाउँपालिका दुल्लीकुनासम्म ११ किमि सडकको ट्र्याक भने ‘हिल्सा–सिमकोट सडक योजनाले खोलेको छ । यहाँ पनि गाडी गुड्छन् । तर, सर्केगाड– २ को रिपदेखि खार्पुनाथ गाउँपालिका– १ लालीबगरसम्म सात किमिमा सेनाले ठेक्का लिएर काम गरिरहेको छ । यहाँ चट्टानी भाग भएकाले कामको गति केही सुस्त छ । लालीबगरदेखि सिमकोटसम्म हिल्सा–सिमकोट सडक योजनाले नै ट्र्याक खोलिसकेको छ । यो सिंगो सडकखण्डमा हाल एक सय ३७ किमिमा गाडी गुड्छ ।
    तर, ट्र्याक खोलिएको सडकको स्तरोन्नति छैन । व्यवसायीलाई मनपरी भाडा तिर्नुपर्ने यात्रुले ज्यानको समेत बाजी लगाउनुपरेको छ । जोखिमयुक्त सडकमा गाडीले क्षमताभन्दा बढी यात्रुसमेत बोक्ने गरेका छन् । ‘भाडामा मनपरी त छँदै छ, कोचाकोच यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउँछन्,’ बाजुराका पत्रकार उमेश शाहीले भने । कर्णाली करिडोरको यो सडकमा दैनिक १५ देखि २० जिप र ४० देखि ५० सम्म मालवाहक ट्रक बाजुराबाट आउजाउ गर्छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.