चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोक स्थित पुर्व पश्चिम लोकमार्गमा मनकामना अस्पताल भरतपुरका स्वास्थ्यकर्मी ४ जना समेतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
नारायणगढबाट पुर्व तर्फ चल्ने लामो तथा छोटो दुरीका सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । उक्त परिक्षण कार्यक्रममा ५४ जना चालकहरुको (सुगर, प्रेशर,आँखा) परिक्षण भएको ट्राफिक प्रहरी कार्यालय , चितवनले जनाएको छ ।









