• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कोभिडका गर्भवतीका लागि भरतपुर अस्पतालमा छुट्टै कक्ष

  •   मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड १९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्ष निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया, शिशु कक्ष अलग्गै वनाउन सुरु गरेको हो । चितवन सहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित वनाउन अलग्गै कक्ष वनाउन थालिएको हो । यस अस्पतालमा बार्षिक १३ हजार भन्दा वढी गर्भवती सुत्केरी हुने गर्दछन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा। राम प्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जना भन्दा वढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन् । अन्यत्र भन्दा सुरक्षित ठानेर नै यहाँ वढी आउने गरेको उहाँको भनाई छ । हाल सम्म अस्पतालले चार जना कोरोना सङ्क्रमण भएका महिलाको प्रसूति गराई सकेको छ । एक जना महिला आइसोलेसनमा रहेको सापकोटाको भनाई छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीका अनुसार यही शुक्रबार सम्ममा ती कक्ष तयार हुने गरि काम भैरहेको छ । कोभिडको आइसोलेसन वनाईएको अस्पतालको “ए” ब्लकको भुईतलामा यस अघिको सर्जीकल क्याविनका १० कोठा मध्ये चार कोठामा छुट्टै कक्ष वनाउन थालिएको छ । तिवारीको भनाईमा कोभिड आईसोलेसन रहेकै ठाउँमा प्रसूति कक्ष निर्माण गरिदै छ । कोभिड सङ्क्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटर समेत जडान गरिने तिवारीले जानकारी दिनुभयो । कोभिडका बिरामी आउने छुट्टै प्रबेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन । अस्पतालको “ए” व्लकको भुई तलाको सर्जीकल बिभागका ६ वटा कोठा र अर्थोपेडिक कक्ष हाल कोभिड आइसोलेसन वनाइएको छ । सोही ठाउँमा कोभिड प्रसूति कक्ष वनाउन लागिएको हो । अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले परोपकार प्रसूति गृह पछि देशमै सबैभन्दा वढी सुत्केरी हुने अस्पताल भएकाले आबश्यक सम्पूर्ण तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो “निजी झै हामी तर्किन पाउँदैनौ । कोभिड भएका गर्भवतीको प्रसूति गराउनु पर्ने भएकाले छुट्टै व्यवस्था गर्न लागेका छौ ।” भरतपुर अस्पतालले १० शैयाको कोभिड सघन उपचार कक्ष पनि संञ्चालन गरीरहेको छ । यस अस्पतलले जिल्लामा कोभिड उपचारमा नेतृत्व गरिरहेको छ। मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा कोभिड उपचार गराईएको अधिकारीको भनाई छ । भरतपुर अस्पतालले गएको बैशाख महिनाबाट कोभिड उपचार गरिरहेको छ । कोभिडका बिरामीलाई छुट्टै ठाउँमा उच्च सावधानी अपनाएर उपचार भैरहेकाले अन्य बिरामी पूर्ण सुरक्षित रहेको अधिकारी बताउनुहुन्छ । कोभिड शल्यक्रिया कक्षमा प्रसूति वाहेककाको शल्यक्रिया समेत गर्न सकिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालले कोरोना परिक्षण प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.