काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष गरी १ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार १०८ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ७६६ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ६१५ रहेका छन् ।








