चितबन : कोरोना भाइरस (कोभिड-१९)को संक्रमण त्रास बढ्दै गएसगै चितबनमा बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ ।चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सह– प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए। उनले निजी सवारी साधन र मालवाहक साधन भने सञ्चालन गर्न दिइएको बताए । उनले यहाँका अत्यावश्यक पसल तथा यातायातका सेवा बाहेक सबै बन्द रहेको बताए ।








