चितवन । गंगा लामा अध्यक्षतामा नेपाल कराते महासंघ वागमती प्रदेश गठन भएको छ । आज भरतपुरमा बसेको अधिवेशनमा लामाको अध्यक्षतामा महासंघ गठन गरेको जो ।
बैठकले वाग्मती प्रदेशवाट महाधिवेशन प्रतिनिधिमा प्रकाश मोहन धौभडेल, शिवरामकार रन्जित, पुजा खनाल र राजु थापा राजकुमारलाई चयन गरेको छ । यस्तै केन्द्रिय सदस्यमा लागि सन्जय सुन्दर सैंजु र गोपाल महर्जनलाई चयन गरेको छ ।
कार्यक्रममा महासंघका केन्द्रिय सह अध्यक्ष दावा गुरुङ, सह महासचिव ओमकृष्ण प्रसाईलगायत उपस्थित थिए ।








