• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि वढाईदै

  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण रोकीएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि वढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले संघिय सरकारसंग पहल गरेर तिर्नुपर्ने रकम मन्त्री परिषदबाट निर्णय गरी भूक्तान गराएर कामलाई अघि वढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रीपरिषदबाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तलि फान्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडे पछि झण्डै २ वर्ष देखि रंगशाला अलपत्र अवस्थामा रहेको छ । फाउण्डेसनले बिभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भूक्तान गर्न बाँकी रहेको जनाएको छ ।

    भूक्तानी रकम तिर्ने बिषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भूक्तान दिनुपर्नेहरुलाई सरकारी तवरबाट रकम निकासा गरी भूक्तानी गरेर नयाँ प्रकृयाबाट रंगशालाको काम गर्न लागिएको हो । उहाँले भन्नुभयो “रकम तिर्नु पर्ने नभएको भए पहिलेनै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाई भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालिन सहरी बिकास मन्त्रालयका सह–सचिब प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययन समेत गराएको छ ।

    सो समितिले प्राबिधिक र आर्थिक प्रतिबेदन बुझाई सकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भूक्तानी तिरेर संघिय सरकारले बोलपत्र आव्हान गरी काम अघि वढाउँदै छ । यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालिन चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रंगशाला स्थापनाकाल देखिनै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालको समेत चाहना रहेको छ ।

    तिर्नुपर्ने भूक्तानीको टुङ्गो लागे संगै सके सम्म यसै आर्थिक वर्षबाट बहुवर्षिय आयोजना भित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाई छ । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयको नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाह ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भूक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो ।

    वि. सं. २०७५ साल माघ १६ गते महानगरपालिका र फाउण्डेसन बिच भएको सहमती अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ । फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । जस मध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ ।

    रकम तिर्न नसके पछि बि. सं. २०७७ साल साउनबाट रंगशाला निर्माणको काम रोकीएको हो । निर्माणका क्रममा सार्बजनिक खरिद ऐन अनुसार काम नभएका कारण सरकारी निकायले भूक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमती बिपरित फाउण्डेसनले भूक्तानी तिर्नुपर्ने अबस्थामा हस्तान्तरण गरेको भन्दै बिमती जनाउँदै आएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.