• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

प्रथम बागमती प्रदेश विद्यालय कराते प्रशिक्षक प्रशिक्षण सुरु

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदलाई संस्थागत गर्न जरुरी रहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएकी छिन् । चितवनको भरतपुुरमा आजदेखि सुरु भएको प्रथम बागमती प्रदेश विद्यालय कराते प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री मोक्तानले खेलकुदका विज्ञहरुसँग छलफल गर्दै खेल क्षेत्रलाई व्यवस्थित बनाएर लैजाने बताइन् । खेल क्षेत्रमा आफ्ना गुरुलाई सधैँ सम्मान गरिने भए पनि अन्य क्षेत्रमा त्यस्तो नहुने गरेको उल्लेख गर्दै मन्त्री मोक्तानले खेलकुदको क्षेत्रबाट सबैले सिक्नुपर्ने बताइन् ।

    बागमती प्रदेशभित्र सूचीकृत भएको खेललाई संस्थागत विकास गर्नका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । समाज परिवर्तन गर्न तथा समाजका विकृति अन्त्य गर्नका लागि खेलाडीहरु अगाडि बढ्नुपर्ने मन्त्री मोक्तानले बताइन् । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य इश्वर सापकोटा सुमनले समाजको सामाजिक न्याय, समृद्ध समाज निर्माणका साथै समाजलाई अनुशासन बनाउनका लागि खेलकुद आवश्यक रहेको बताए । विद्यालय तहमा स्टाफ नर्स कार्यक्रम लागू गरिएजस्तै खेलाडी प्रशिक्षकको व्यवस्था पनि हुनुपर्ने उनको भनाइ छ ।

    करातेका प्रशिक्षकहरुले प्रशिक्षण लिएपश्चात समाजमा गएर रचनात्मक तरिकाले प्रशिक्षण दिनुपर्ने उनले बताए । कराते प्रशिक्षक प्रशिक्षण उद्घाटनका क्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले कराते खेलाडीहरुलाई समाजले हेर्ने नजर परिवर्तन हुनेगरी खेलाडीहरु अघि बढ्नुपर्ने बताए । समाजमा करातेका खेलाडीहरुलाई देख्ने वित्तिकै गुण्डा तथा डनको दृष्टिले हेर्ने गरिएको भन्दै लामाले यस्तो दृष्टिकोण परिवर्तन गराउन खेलाडीहरुले सामाजिक न्यायका लागि काम गर्नुपर्नेमा जोड दिए ।

    खेलाडीहरुले आत्मरक्षासँगै समाजमा हुने हिंसा, अन्याय, भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै अघि बढ्नुपर्ने लामाको भनाइ छ । बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले बागमती प्रदेश सरकारले कानुनमा उल्लेख गरेर प्रदेशभित्र खेलिने खेलमध्ये करातेसहितका नौ वटा खेललाई विशेष महत्व दिएको बताए । करातेको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमासमेत खेलाडीहरुले पदक जित्न सक्ने भन्दै लामो समयको प्रशिक्षण र लगाबका कारण खेलाडीहरुले उत्कृष्ट स्थान हासिल गर्नसक्ने भण्डारीले बताए ।

    भण्डारीले प्रशिक्षक प्रशिक्षण राखिनुको मुख्य उद्देश्य प्रदेशका प्रत्येक विद्यालयमा करातेका एक जना गुरु हुनुपर्छ भन्ने रहेको बताए । स्थानीय आयोजकको रुपमा रहेको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट सहभागी रहेको जानकारी दिए । जिल्लाका विद्यालयमा करातेको प्रशिक्षण गराउँदै आएका तथा ब्ल्याक बेल्ट प्राप्त २५० जना भन्दा बढी गुरुहरु तालिममा सहभागी रहेको गुरुङको भनाइ छ ।

    प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई एक हप्तासम्म आवासीय रुपमा राखेर करातेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरु प्रदान गरिने गुरुङले जानकारी दिए । बागमती प्रदेश सरकारको समन्वयमा आयोजना गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजक नेपाल कराते महासंघ तथा स्थानीय आयोजक चितवन जिल्ला खेलकुद विकास समिति रहेको छ । बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले गरेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.