काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४९ जना महिला र जना ६९२ पुरुष गरी १ हजार ४१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६० प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १८ हजार ८७० संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ८६६ जना रहेका छन् । होम आइशोलेशनमा ८ हजार ४ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ५६१ रहेका छन् । आज १२ हजार ४७३ जनाको पिसिआर परिक्षण गरिएको छ ।








