• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

दूधमा प्रतिलिटर पन्ध्र अनुदान, ३३ लाख ४६ हजार वितरण

  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का दरले रु ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो । आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर रु १५ अनुदान दुग्ध उत्पादक किसानलाई उपलब्ध गराउँदै आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

    चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको रकम पहिलो किस्तास्वरुप उपलब्ध गराइएको उहाँले बताउनुभयो । गल्याङ नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरेको उपप्रमुख हेमा न्यौपानेले बताउनुभयो । नगरपालिकाले प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएकाले किसानहरु पछिल्लो समय दूध उत्पादनतर्फ आकर्षित हुँदै जानुभएको छ भने उत्पादन पनि वृद्धि हुँदै गएको उपप्रमुख न्यौपानेले दाबी गर्नुभयो ।

    नगरपालिकाले नगरभित्रका विभिन्न १८ वटा दुग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दुग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर रु १५ अनुदान उपलब्ध गराउँदै आएको हो । सहकारी, सङ्कलन केन्द्र, फार्म गरी कूल १८ वटा स्थानमा आठ सय ७६ जनाले दुग्ध उत्पादक किसानहरुले सङ्कलन गरेको दूधका आधारमा प्रतिलिटर रु १५ का दरले अनुदान उपलब्ध गराइएको पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो ।

    सबैभन्दा धेरै दूध उपलब्ध गराएबापत धेरै अनुदान प्राप्त गर्ने गल्याङ–१ मालुङ्गाको बिन्ध्यवासिनी कृषि पशु फार्म रहेको छ । उक्त फार्मले दुई लाख २३ हजार अनुदान प्राप्त गरेको छ । सहकारीहरुमध्येबाट गल्याङ–२ बटुवामा रहेको बटुवा दुग्ध उत्पादक सहकारी संस्थाले रु पाँच लाख नौ हजार ६ सय ९२ रकम प्राप्त गरेको शाखाप्रमुख अर्यालले बताउनुभयो । गल्याङ नगरपालिका–९ मा सबैभन्दा धेरै दुग्ध उत्पादक सहकारी तथा सङ्कलन केन्द्रहरु रहेका छन् । उक्त वडामा मात्रै छवटा सङ्कलन केन्द्र छन् ।

    गल्याङ नगरपालिकाका ११ वडामध्ये दूध उत्पादनमा अनुदान कार्यक्रम वडा नं १, २, ३, ६, ७, ८, ९ र ११ मा रहेको छ । गल्याङ नगरपालिकाभित्रका १८ वटा सङ्कलन केन्द्रहरुमध्ये केहीमा हरेक दिन बिहानसाँझ गरी दुईपटक दूध सङ्कलन हुने गरेको छ । यहाँ सङ्कलन भएको दूध बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीले लैजाने गरेको छ ।

    बिचौलियाको मारमा किसान
    भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.