• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

  •   बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम पर्वत ।  पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन बढेको छ ।

    मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको सो झोलुङ्गे पुलमा दैनिक तीन सय बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन् । “गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि आधा पर्वत रहेको दक्षिण भेगलाई कुश्मासँग जोड्न पुल निर्माण गरिएको हो”, पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले भन्नुभयो, “पुलमा मोटरसाइकल गुडाउन लगाएको रोक हाम्रो प्रयासले मात्र सम्भव भएन ।” पुल संरक्षण समितिका अध्यक्ष शर्माले पुुल मर्मतका लागि कुश्मा नगरपालिकामा धेरैपटक हारगुहार गरेको भए पनि सुनुवाई नभएको बताउनुभयो ।

    “नगरभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो, “जिल्ला विकास समिति हुँदा एकपटक बजेट ल्याएर पुलको सामान्य मर्मत गरेका थियौँ तर स्थानीय सरकार बनेपछि कुनै ध्यान नै दिएको छैन ।” पर्वतकै पहिलो नमूना कुश्मा ज्ञादी झोलुङ्गे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ । एक घण्टाको बाटो उकालो र ओरालो गर्दै कुश्मा आउनुपर्ने झन्झट हटेर तीन मिनेटमा सीमित बनेको छ । यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलको पनि मर्मतसम्भार हुन नसकेको स्थानीयले बताएका छन् ।

    पुलका लठ्ठा, डेक, नट, बल्टुलगायत समयसमयमा प्राविधिक जाँच गर्नुपर्ने भए पनि तीनै तहका सरकारको ध्यान नपुगेको पुलका परिकल्पनाकार सूर्यप्रकाश पौडेलले बताउनुभयो । उहाँले हरेक वर्ष पुलको प्राविधिक चेकजाँच हुनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेकोसमेत बताउनुभयो । पैदलयात्रा गर्ने पुलमा मोटरसाइकलसमेत सवार गराउँदा पुलको आयु कम हुँदै गएको उहाँको भनाइ रहेको छ । यता कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सदरमुकाममा रहेका सबै पुलको प्राविधिक चेकजाँच गरी आवश्यक मर्मतसम्भारका लागि कार्यपालिकामा छलफल गरिने बताउनुभएको छ ।

    नगरपालिकाका प्राविधिकलाई पुलको मर्मतका लागि आवश्यक कार्ययोजना निर्माण गर्न भनिएको उहाँको भनाइ रहेको छ । नगरको बजेटले सम्भव भएमा नगरकै र असम्भव भएमा प्रदेश र सङ्घमा माग गरिने बताउनुभयो । सदरमुकाम कुश्मालाई ज्ञादीसँग जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुल, फलेवाससँग जोड्ने बडागाउँ–मुडिकुवा झोलुङ्गे पुल, बागलुङसँग जोड्ने बडागाउँ–कैया झोलुङ्गे पुल र खरेहा–अधिकारीफाँट गरी चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयवासीलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.