• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । सिरहालगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परीक्षा (एसईई) दिन प्रतिदिन अमार्यादित बन्दै गइरहेको पाइएको छ । १७ चैतबाट देशैभर सञ्चालनमा रहेको एसईईको आइतबार दोस्रो दिनको गणित विषयको परीक्षामा सरोकारवाला निकायसँगको सेटिङमा व्यापक चिट चोरी गराई परीक्षालाई अमर्यादित बनाइएको पाइएको हो । निजी विद्यालयले सरोकारवाला निकायसँगको आर्थिक सेटिङमा एसईईमा चिट चोरी गराउने गरेका छन् ।

    जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सबैलाई आर्थिक प्रभावमा पारेर परीक्षामा चोरी गराएको पाइएको छ । जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान १९ सेन्टरमा व्यापक मात्रामा चिट भेटिएको छ । आइतबारको गणित विषयको परीक्षा सकिएलगतै पुगेको सञ्चारकर्मीको समूहले कक्षाकोठामा यत्रतत्र फालिएको अवस्थामा चिट फेला पारेको छ । यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया लिँदा उनले कक्षा कोठामै केही विद्यार्थीले फ्याप बनाएको पाइएको बताए ।

    उनले भने, ‘बाहिरबाट कुनै चिट आएको छैन, मेयरहरु अनुगमनको क्रममा आएकै बेला दुईजना विद्यार्थीले चिटसमेत तयार पार्दै गरको पाइएको थियो । अहिले उनीहरुलाई मैले नियन्त्रणमा राखेर कारबाही सिफारिस गर्दै छु ।’ केन्द्राध्यक्ष दासले सबैैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिट आउने सम्भाव नै नभएको बताए । परीक्षा केन्द्रभित्रै शिक्षक प्रयोग चिट बनेको छ । यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपालो इंग्लिस बोर्डिङ स्कूल, मनोकामना इंग्लिस बोर्डिङ स्कूल, प्यारागन इंग्लिस बोर्डिङ स्कूल, शारदा आवासीय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कूल र नेशनल एकेडेमीको परीक्षा केन्द्र रहेको छ । यहाँ जम्मा २२४ विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

    ६ वटा कक्षा कोठा प्रयोग गरेर लिइरहेको परीक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए । त्यसैगरी, सिरहाको नरहा–४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाको परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्ष राम ईश्वर यादवले बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आफैँले मोबाइल दिने गरेको पाइएको छ । सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रवेश निषेध गरिए पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा निजी विद्यालयको आर्थिक सेटिङमा मोबाइलको माध्यमबाट चिट चोरी भएको छ ।

    सो केन्द्रमा जिल्लामा नाम चलेका निजी विद्यालयहरु सिरहा पब्लिक, बुढा निलकण्ठ, बालविकास आवासीय माध्यामिक विद्यालय, द डायनामिक सेकेन्ड्री इ.वोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयको परीप्क्षा सेन्टर रहेको जनाइएको छ । यो दुई विद्यालय मात्र नभई गोलबजार ८ स्थितको जनता माध्यमिक विद्यालय चोहर्वा ,जनता माध्यमिक विद्यालय गोलबजार नपा ९ डण्डा , सरस्वती माध्यमिक विद्यालय जम्दह, नमुना माध्यमिक विद्यालय गोलजार–४ लगायतका परीक्षा केन्द्रहरुमा पनि व्यापक चोरी भएको पाइएको छ ।

    यी सबै परीक्षा केन्द्रहरुबाट परीक्षा सुरु भएको ५ मिनेट नबित्दै प्रश्नपत्र बाहिरिएको थियो । जमावि चोहर्वामा परीक्षा सुरु गरेको ५ मिनेटनमै मोबाइलको माध्यमबाट प्रश्नपत्र आउट भएको हुन सक्ने एकजना शिक्षकले बताए । उनले भन्ने, ‘निजी विद्यालयहरुले केन्द्राध्यक्षको सेटिङमा मोबाइल र फल्याप समेत चलाउने गरेकोले यसमा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेका छन् । प्रश्नपत्र आउट भएको सूचना पाएलगतै केन्द्राध्यक्षले परीक्षा हलभित्रै सर्च गरेपछि परीक्षार्थीबाट चारवटाभन्दा बढी मोबाइल बरामद गरेका थिए ।

    यता जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामवृक्ष महतोले मोबाइल र फल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको छु । उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फल्याप पाएनौँ, पाइए काडा कारबाही गर्ने छौँ ।’ योवर्ष ४० वटा परीक्षा केन्द्रहरुमा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी १७१ विद्यालयबाट चार हजार ६९२ छात्रा र पाँच हजार ४५८ छात्रसहित १० हजार ६५० विद्यार्थी सहभागी भएका छन् । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट ३४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.