• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायण अधिकारी

    चितवन । विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गर्नुभएका डा विजयराज न्यौपाने अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्नुभएको छ । निरन्तरको मिहिनेतले उहाँलाई हेल्थ असिस्टेन्टदेखि अस्पतालको अध्यक्षसम्म पु¥याएको हो । यसबीचमा उहाँले गरेका सङ्घर्ष आफँैमा अनुकरणीय छन् । जिल्लाका थोरै एनेस्थेसियोलोजिस्टमध्येका डा न्यौपाने चिनिएको नाम हो ।

    उहाँलाई हालै सरकारले भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ । मङ्गलबार उहाँले पदबहाली गरेर काम सुरु गर्नुभएको छ । एक्काइस वर्ष सोही अस्पतालमा काम गरेर निवृत्त हुनुभएका डा न्यौपानेले अस्पतालका सबै कुराको अनुभूति नजिकबाट गर्नुभएको छ । रत्ननगर नगरपालिका–१२ जयमङ्गलामा विसं २०१७ पुस २३ गते जन्मिनुभएका न्यौपाने जिल्लामै जन्मिएका चिकित्सकमध्ये दोस्रो हुनुहुन्छ । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिसित्सक उहाँ हुनुहुन्छ । जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उहाँ हुनुहुन्छ ।

    डा न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गर्नुभयो । कक्षा ८ देखि एसएलसीसम्मको शिक्षा नेपाल माविबाट पूरा गर्नुभयो । त्यहीँबाट उहाँले विसं २०३३ मा एसएलसी उत्तीर्ण गर्नुभयो । जिल्लामा आठजनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये न्यौपाने एक हुनुहुन्थ्यो । त्यसपछि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी यसपछिको छ वर्ष चितवन, नवलपरासी र पर्साका विभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभयो । विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि जानुभयो ।

    उहाँले विसं २०५० मा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गर्नुभयो । उहाँले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्नुभयो । त्यसपछि विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिस्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्न तीन वर्ष उहाँले त्यहाँ बिताउनुभयो ।

    विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उहाँको जीवन विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो । दिनको समयमा क्यान्सर अस्पताल र साँझ–बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उहाँ लागिरहनुभयो । उहाँ भन्नुहुन्छ, “भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।” अहिलेसम्म झन्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उहाँले थप्नुभयो, “धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु ।” त्यतिबेला सानासाना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो ।

    न्यौपानेसँगै चिकित्सक थपिँदै जाँदा सबैखालका शल्यक्रिया यही हुने गरेका छन् । कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिस्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अङ्ग बेहोस बनाउनुपर्ने हुन्छ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्य रुपमा नदेखिएर पर्दाभित्रको हिरोका रुपमा चित्रण गर्न सकिन्छ । दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उहाँसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा न्यौपानेले विगतलाई सम्झँदै भन्नुभयो, “शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिस्टको सङ्ख्या कम हुनाका कारणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो, मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।”

    जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उहाँले काम गरेको अनुभव छ । उहाँले भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिस्ट अभावमा त्यहाँको सेवा अवरुद्ध नहोस् भनेर स्वयम्सेवी सेवा गर्नुभएको छ । पछिल्ला दिनमा एनेस्थेसियोलोजिस्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उहाँ बताउनुहुन्छ । अहिले जिल्लामा यो सङ्ख्या ४० हाराहारी पुगेको छ । विसंं २०१२ मा लमजुङको दुराडाँडाबाट हजुरबुबासँगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन बसाइँसराइ गर्नुभयो ।

    उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन सङ्घ, नेपाल रेडक्रसलगायत सामाजिक क्षेत्रमा बुबाको योगदानका कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उहाँले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गर्नुभएको छ । नेपाल चिकित्सक सङ्घका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहनुभएका उहाँले विभिन्न सामाजिक सङ्घसंस्थामा सेवा पु¥याउँदै आउनुभएको छ ।

    आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई उहाँले आफैँले पढेको विषयमा पढाएर आफ्नै विभागमा अनुभवलाई आदानप्रदान गर्दै आउनुभएको छ । न्यौपानेका दुई छोरा चिकित्सक हुनुहुन्छ । उहाँले क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाउनुभएको हो । उहाँले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभयो ।

    चिकित्सा क्षेत्रको लामो अनुभवपछि नेतृत्व सम्हाल्न आउनुभएका डा न्यौपानेले इमान्दारीपूर्वक अस्पतालको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पतालको तल्लो तहदेखि माथिल्लो तहसम्म सबैलाई चिनेको र अस्पताललाई नजिकबाट अनुभूति गरेका कारण काम गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई प्रशंसा चाहिँदैन, अन्जानमा कुनै गल्ती भए घच्घच्याइरहनुहोला ।”

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.