काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार एनसीबीको टोलीले पक्राउ गरेको न्युज एजेन्सी एएनआईले नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै पुष्टि गरेको छ । रियालाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। यसअघि उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले पक्राउ गरिसकेको थियो ।








