• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र… (प्रिभ्यू) 

  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भेषराज कार्की

    काठमाडौँ ।  ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वीकार्दैन । पेसागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्वीकार्दैनन् । फलतः प्रेमलाई संसार मानेको जोडी गाउँबाट सहर पस्छन् ।

    शिक्षित समाज भनिएको सहरमा सामाजिक विभेद र निःसन्तान दम्पतीको पीडाबाट गुज्रिएका बाबुराम र नारायणीले नसोचेको घटनाको सामना गर्छन् । आफ्नै गाउँलेबाट सहरमा बलात्कृत भएकी नारायणीको जीवनमा झनै पीडा थपिन्छ । नारायणीबाट जन्मिएको बच्चालाई बाबुरामले ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् । चलचित्रका लेखक सुशील पौडेलले नारायणीबाट जन्म भएको सन्तान बाबुरामले प्रसादको रूपमा स्वीकारेको बताउनुभयो । “मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ ।

    बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्”, लेखक पौडेलले भन्नुभयो । उहाँको लेख्न रहेको ‘प्रसाद’ को दोस्रो शृङ्खला प्रदर्शनको तयारीमा छ । निर्माणको समयदेखि नै विभिन्न कठिनाइलाई झेल्दै यो आउँदो वैशाख १५ मा प्रदर्शन हुँदैछ । ‘प्रसाद २’ मा निर्देशक फेरिएका छन् । कलाकार पनि फेरिएका छन् । यसको कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको लेखक पौडेलले जानकारी दिनुभयो । “अनुहार फेरिएका छन् । तर पात्र र परिवेश उही हो ।

    त्यसैले हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ”, लेखक पौडेलले भन्नुभयो । त्यसो त ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गर्नुभएको थियो । त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गर्नुभएको छ । “पहिलो शृङ्खलामा प्रेम गरेवापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर सहर बसाइँ सर्न बाध्य भए । तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो”, लेखक पौडेलले भन्नुभयो, “देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे ।

    उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।” चलचित्रमा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गर्नुभएको छ । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ ।

    कानूनीरूपमा अधिकार प्राप्त गरेता पनि सामाजिक हिसाबले बाबुराम र नारायणीलाई सहज छैन । “प्रसादमा दम्पतीको आन्तरिक कथा थियो भने दोस्रो शृङ्खलामा सामाजिक कथा देखाएका छौँ । गाउँमा सामाजिक चेतनाको स्तर बढाउन आएका दम्पतीले के कस्ता समस्याको सामना गर्छन्् भन्ने घटनाक्रम देखाएका छौँ”, लेखक पौडेलले भन्नुभयो, “हामीले पहिलो चलचित्रको सफलताले नयाँ बनाएका होइनाँै । यो कथा भन्नुपर्छ भन्ने लागेर तयार गरेका हौँ ।” मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।

    यो कथा आफूद्वारा भनिनुपर्छ भन्ने लागेर नै निर्देशनको लागि सहमत भएको निर्देशक थापाले जानकारी दिनुभयो । “मेरो लागि पात्र, परिवेश सबै नयाँ थियो । यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ । संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन । यसलाई हामीले प्रस्तुत गरेका छौँ”, निर्देशक थापाले भन्नुभयो । प्राय सहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्नुहुने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाउनु हुनेछ ।

    उहाँले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताउनुभयो । “यसको निर्माणशैली मेरोअनुसार छ । तर कथामा मौलिकता छ । यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ । सरल कथा र प्रस्तुती छ”, निर्देशक थापाले भन्नुभयो, “बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन । मैले सोचे जस्तो चलचित्र बनाउन सफल भएको छु । धन्दापछि मैले फरक शैली रोजेको हुँ ।” गाउँ पुगेर बाबुराम राजनीतिमा होमिनुको कारण नै परिवर्तनलाई संस्थागत गर्नु रहेको लेखक पौडेलले जानकारी दिनुभयो ।

    चलचित्रमै सत्ताले शक्ति निर्माण गर्छ भनिएको छ । “शक्ति आर्जन गरेर न्यायको बाटो छोटो बनाउने प्रयासमा बाबुराम रहेका छन् । उनी गाउँ फर्किंदा राजनीति गर्ने उद्देश्य बोकेर आएका होइनन् । तर लक्ष्य पूरा गर्न त्यही बाटो हिँड्न बाध्य हुन्छन्”, लेखक पौडेलले भन्नुभयो । यसको मूलकथा राजनीति होइन । यो यात्राको सहयात्रा मात्र हो । सहरमा विभिन्न घटनाक्रमलाई झेलेका बाबुराम दम्पतीले गाउँको सामाजिक विभेदको सामना कसरी गर्छन् ? उनीहरू सामाजिकसँगै पारिवारिक लडाइमा सफल हुन्छन् वा असफल ? यो थाहा पाउन चलचित्र नै हेर्नुपर्छ ।

    “बाबुराम दम्पती बलियो बनेका छन् । अडानका साथ जन्मथलो फर्किएका छन् । त्यो अडानलाई सामाजिक विभेदले टिक्न दिन्छ त ? यहाँ बाबुराम दम्पतीले आफ्नो मात्र नभई धेरै प्रसादको लागि सङ्घर्ष गरेका छन् । त्यसलाई हामीले चलचित्रको स्वरूप दिएका छौँ”, निर्देशक थापाले भन्नुभयो । कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सवाल रूपमा उजागर गरेको छ । यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गर्नुभएको छ ।

    चलचित्रमा राजेश श्रेष्ठले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन, राजनराज सिवाकोटीले सङ्गीतको जिम्मेवारी सम्हाल्नुभएको छ । सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रको प्रस्तुतकर्तामा सुभाष थापा हुनुहुन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.