• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक : मुख्यमन्त्री गिरी

  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रामपुर (पाल्पा) । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

    मङ्गलबार पाल्पा रामपुर नगरपालिका १ र ३ मा पर्ने निस्दीखोलाको मसानेघाटमा निर्माण हुन लागेको पक्की पुलको उद्घाटन गर्दै ख्यमन्त्री गिरीले सडक, पुल, खानेपानी, सिँचाइलगायत आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा धेरै क्रान्तिकारी परिवर्तन गर्नका लागि ठोस योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    नागरिकको जीवनस्तर माथि उकास्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै उहाँले प्रदेशले आफ्नो क्षेत्रका नागरिकका मागअनुसारका गौरवका योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । कृषिलाई प्राथमिकता दिएर नयाँ तरिकाबाट आधुनिक प्रविधिको प्रयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले उब्जाउ जमिनलाई सिञ्चितको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो ।

    प्रदेश सरकारले केही महत्वपूर्ण योजना सुरु गरेको जानकारी दिँदै उहाँले रामपुरको बसपार्क र यससँग जोडिएका सडक र ढलको लागि हालसालै रु २४ करोड बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

    प्रदेश सरकारको महत्वपूर्ण गौरवको योजनाको रुपमा रामपुर कपुरकोट सडक राखिएको र यसलाई तीव्रता दिन यस सडकसँग सम्बन्धित जिल्लास्थित कार्यालय प्रमुखलाई आवश्यक बजेट उपलब्ध गराउने भनेर निर्देशनसमेत दिएको मुख्यमन्त्री गिरीले बताउनुभयो । रामपुरको महत्वपूर्ण सिँचाइ योजना ठाउँठाउँमा जीर्ण बनेकाले सिँचाइको मुख्य योजना नहरको विकास गर्दै सिँचाइको लागि थप बजेट व्यवस्थापन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले आफ्नो कार्य क्षेत्रका विकास निर्माणको कामलाई छिटो सम्पन्न गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले यस पुलले विकासलाई जोडेको हँुदा पुल निर्माणपश्चात् विभिन्न सामग्री ओसारपसार तथा यात्रा गर्न सहज भएको उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार पुल निर्माण भएपछि नागरिकको जीवनस्तरमा योगदान दिनेछ । गाउँमा खाद्यान्न, कृषिजन्य सामग्री र व्यापारिक सामग्री ओसारपसार गर्न, सहजरुपमा यात्रा गर्न ठूलो सघाउ पुग्ने विश्वास लिइएको छ ।

    इलाइट कन्ट्रक्सन प्रालिले २०७६ फागुन ११ गते सम्झौता गरी निर्माणको जिम्मेवारी लिएर काम सुरु गरेको छ । रु सात करोड ७३ लाख छ हजार सात सय ७१ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाइ ६४ दशमलव १० मिटर र चौडाइ ११ मिटर सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो । रु आठ करोड १२ लाख २५ हजार छ सय ४३ को लागतमा ठेक्का आह्वान भएको थियो ।

    यस पुलबाट रामपुर नगरपालिका वडा नं १, २, ३ र निस्दी गाउँपालिका विभिन्न वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यहाँ पक्की पुल नहुँदा गाउँमा उत्पादित कृषिउपज वर्षायाममा रामपुर बजारमा ढुवानी गर्न नपाउँदा स्थानीयले निकै सास्ती खेप्दै आइरहेका थिए ।

    वर्षायाममा पुल अभावकै कारण मजदुर व्यवस्थापन गरी झोलुङ्गेबाट वारीपारी सामान ओसारपसार गर्न स्थानीय बाध्य थिए । अब भने वर्षौँदेखि भोग्दै आइरहेको समस्या समाधानका लागि अन्त्य भएको निस्दीका स्थानीय यमबहादुर मश्राङ्गीले प्रतिक्रिया दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.