• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ ।

    अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धीकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डायलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् तर, बिरामीको बढ्दो चाप र डायलासिस सेवा केन्द्रको अभावका कारण कयौँले अतिआवश्यक परेका बेला सेवा पाउन सकिरहेका छैनन् ।

    “डायलासिस गर्नै पर्ने अवस्थाका बिरामीले सेवा पाउन पालो कुर्नुपर्ने देखेपछि हामीले मिर्गौलाका बिरामीका लागि डायलासिस गर्न सहज सुविधा पुगोस् भनेर सेवा केन्द्रलाई विभिन्न जिल्लामा विस्तार गरेका हौँ”, हस्पिटलका अध्यक्ष पोखरेल भन्नुहुन्छ, “विशुद्ध मानवीय सेवाको भावनाले उपचारमा लगानी गरेका छौँ । यसमा नाफा र घाटाको कुनै मतलब राखेका छैनौँ ।”

    हस्पिटलले झापामा सबैभन्दा धेरै क्षमताको डायलासिस सेवा वर्षौंदेखि प्रदान गर्दै आएको छ । हस्पिटलका प्रमुख प्रशासक दीप पौडेलका अनुसार भद्रपुरमा १९ वटा डायलासिस मेसिन सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई हस्पिटलले सेवा प्रदान गरिरहेको छ । झापाकै दमकमा १०, सुनसरीको इटहरीमा १४ र सिराहाको लहानमा १६ वटा डायलासिस मेसिन जडान गरिएको छ । लहानको सेवा केन्द्रमा विरामीको चाप धान्न मुस्किल परेको कारण मेसिन थप्ने तयारी भइरहेको पौडेलले बताउनुभयो ।

    महोत्तरीको बर्दिवासमा १०, रुपन्देहीको बुटवलमा १२ र काठमाडौँको नेपाल भारतमैत्री हस्पिटलमा १४ वटा डायलासिस मेसिन ओमसाई पाथीभरा हस्पिटलले जडान गरेको छ । भद्रपुरमा पहिल्यैदेखि सञ्चालनमा रहेको उपचार सेवा निःशुल्क उपलब्ध रहेको छ । नेपाल सरकारले नै त्यहाँ उपचार गर्ने बिरामीको सेवा शुल्क तिरिदिने व्यवस्था रहेको छ ।

    हाल मिर्गौलाका ४३ महिलासहित एक सय ३१ बिरामीले भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलबाट नियमित डायलासिस उपचार सेवा पाइरहेको हस्पिटलका व्यवस्थापक मनोज दाहालले जानकारी दिनुभयो । “एउटा बिरामीलाई एकपटक डायलासिस गराउँदा चार घण्टा समय लाग्छ”, डायलासिस विभागको इञ्चार्जसमेत रहनुभएको व्यवस्थापक दाहालले भन्नुभयो, “जटिल अवस्थाका मिर्गौलाका बिरामीले हप्तामा तीन पटकसम्म निःशुल्क डायलासिस गरिरहनुभएको छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.