• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कौसी खेतीमा रमाउँदै बेनीका महिला

  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारको हुलाक चोककी साधनाकुमारी श्रेष्ठ पेसाले सरकारी कर्मचारी हुनुहुन्छ । इन्द्रेणी टोलकी भावना पौडेल र पूर्ण राम्जाली गृहिणी हुनुहुन्छ । उहाँहरुको फुर्सदको समय घरको छतमा गरिएको कौसी खेतीमा बित्ने गर्छ । म्याग्दी सदरमुकाम बेनी बजारका प्रायः सबै घरका छतमा घिरौँला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागिसमेत जमिन नभएपछि स्थानीयले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् ।

    छतमा राखिएका गमलामा लटरम्म फलेका टमाटर, घिरौँला, करेला, काँक्रा, सिमी, खुर्सानीदेखि लिएर स्ट्रबरी, कागतीलगायत तरकारी र फलफूलले घरका छत भरिएका छन् । चार–पाँचतला माथिका छतमा लटरम्मै फलेका तरकारी र फलफूल देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, म्याग्दीको बेनीबजारका महिला । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतलामाथि डल्ले खुर्सानी फलाउनुभएको छ ।

    फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय खर्चने गरेको साधना श्रेष्ठ बताउनुहुन्छ । छतमा लटरम्म फलेका तरकारीले मनलाई प्रफुल्लित बनाउने गरेको उहाँको अनुभव छ । श्रेष्ठलाई खाली समय त्यसै बिताउन मन लाग्दैन । सुरुमा युट्युब हेरेर छतमा तरकारी लगाउन थालेका यहाँका महिला पछिल्लो समय नगरपालिकाले कौसी खेतीसम्बन्धी तालिम र आवश्यक सामग्री दिएपछि झन् उत्साहित भएका छन् । तरकारी किनेर खानु नपरेको उहाँहरुको भनाइ छ ।

    जमिनमा लगइएको तरकारीको तुलनामा छिटो उत्पादन लिन पाइने, रोग कीरा कम लाग्ने हुँदा व्यवस्थित तरिकाले खेती गरियो भने तरकारी किन्ने पैसा बचत हुने पूर्ण राम्जालीले बताउनुभयो । आफ्नो जग्गा नभए पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिएको उहाँले जानकारी दिनुभयो । बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उहाँले डल्ले खुर्सानी कोसेली दिएर पठाउनुहुन्छ । छतमा करिब ४१ बोटबाट खुर्सानी टिपेकी राम्जालीले हङकङ र युकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत राख्नुभएको छ । विगत डेढ दशक नियमित कौसीखेती गर्दै आएकी उहाँलाई श्रीमान्ले समेत नियमित सघाउनु हुन्छ ।

    करिब नौ फिटको छतमा फूलसँगै हावापानी अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आकर्षक देखिएको छ । “आलु र दाल मात्रै किने भयो, फरक–फरक खालका तरकारी सबै छतभरि नै लटरम्म फलेका छन्, जमिनमा तरकारी लगाउँदा रोग कीरोले धेरै सताउँथ्यो, गाईवस्तुले खाने समस्याले पिरोल्थ्यो भने छतमा लगाइएको तरकारीमा रोग कीरो कम लाग्ने गरेको पाइएको छ”, अर्की गृहिणी भावना पौडेलले भन्नुभयो ।

    यहाँका महिलाले छतमा तरकारी लगाउन थालेको करिब दश वर्ष भयो । जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख रहँदा साधनाकुमारी श्रेष्ठले छतमा तरकारी खेती सुरु गर्नुभएको थियो । उहाँको कौसीखेती देखेर यहाँका अन्य महिलाले पनि छतमा तरकारी फलाउन थालेका हुन् । बिहानसाँझ खाना पकाउँदा आवश्यक परेका बेला छतमा गएर तरकारी टिप्ने र पकाउने गरिएको श्रेष्ठले बताउनुभयो । यहाँका महिलाहरुले तरकारीका अलावा छतमा कुखुरापालन, बट्टाइँपालनसमेत गरेका छन् ।

    “तरकारीमा मलका लागि कुखुरा र बट्टाइँ पालिएको छ, चारजनाको परिवारलाई छतमै फलेका तरकारीले पुगेको छ, बजारमा कहिलेकाहीँ नयाँ तरकारी पाइयो भने किनिन्छ नत्र घरमै उत्पादन भएकाले पुगेकै छ”, श्रेष्ठले भन्नुभयो । श्रेष्ठले काँक्रा, घिरौँला, सिमी, काउली, बन्दा, प्याज, धनियाँ, खुर्सानी, लौका, गोलभेँडा मात्रै होइन आलु पनि छतमै फलाउनुहुन्छ । उहाँको छतमा सबैजसो तरकारी पाइन्छ । “बजारमा बस्नेहरुलाई करेसाबारी भनेकै छत हो, यसरी तरकारी फलाउन थालेको एक दशक भयो, मेहनत र जाँगर भयो भने तरकारी लगाउन जग्गा नै चाहिँदैन, छतमै आफूलाई खान पुग्ने तरकारी फल्छ”, उहाँले भन्नुभयो । इन्द्रेणीटोलकी पूर्ण राम्जालीले गाउँबाट कम्पोष्ट मल ल्याएर प्रयोग गर्ने गर्नुभएको छ ।

    राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन् । कौसी बगैँचालाई बेनी–७ ले समेत अनुदान दिने गरेको छ । व्यक्तिगतरुपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “कौसीखेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ”, उहाँले भन्नुभयो, “कौसीखेतीका लागि गत आर्थिक वर्षमा रु डेढ लाख बजेट विनियोजन भएको थियो, त्यो बजेटमा गमला वितरण, निःशुल्क तालिम र प्राविधिक सहयोग गरिएको थियो ।”

    कौसीखेतीमार्फत घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरन्डालाई करेसाबारीका रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहँुदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा बर्सेनि करोडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लास्टिकको गमलामा समेत खेती गर्न सकिन्छ ।

    करिब रु पाँच हजारको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरिद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन् । कौसी खेती गर्नेलाई तालिम र प्राविधिक सहयोग बेनी वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडावासीलाई तालिम दिएको छ । पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनका लागि कौसी खेतीमा आकर्षित वडावासीलाई लक्षित गरी शुक्रबारदेखि सञ्चालित तालिमको उद्घाटन गर्दै नगर प्रमुख सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

    उपप्रमुख ज्योति लामिछानेले कौसी खेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक वर्ष अनुदानसहितको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । वडाअध्यक्ष एवम् नगर प्रवक्ता श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट बिन उपलब्ध गराइएको बताउनुभयो । वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, बिरुवा, गमला, अग्र्यानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने जनाउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको बताउनुभयो ।

    बिचौलियाको मारमा किसान
    भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.