• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

खडेरीका कारण रोकिएन वन डढेलो

  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    बागलुङ ।  खडेरीका कारण यस वर्ष बागलुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको छ । यस वर्ष चैतको अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म २२ वनमा आगलागी भइसकेको छ । गर्मीयाम सुरु भएपछि हालसम्म चार सय १५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ र तीमध्ये पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ ।

    गत माघ १८ गते पहिलोपटक जिल्लाको तमानखोला गाउँपालिकाको खुङ्खानीमा पर्ने हापली छहरा मठूरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वनक्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । माघदेखि सुरु भएको आगलागीको शृङ्खला अझै रोकिएको छैन । शनिबार मात्रै तितौरे वनमा आगलागी भएको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अझै आगलागीको तथ्याङ्क थपिनेछ ।

    अहिले पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । सामुदायिक तथा निजी आवादी वनक्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको छ । “गर्मीयामका कारण आगलागीका घटना बढेका छन्, अहिले कतिपय वनमा आगलागी भइरहेको छ, वर्षा नहुन्जेल आगलागीका घटना रोकिने अवस्था छैन”, अधिकारीले भन्नुभयो, “आगलागी नियन्त्रणका लागि हामीले जनचेतना फैलाएका छौँ, तर आगलागीका घटना झनै बढेका छन् ।” डिभिजन वन अधिकृत अधिकारीका अनुसार जानी–जानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ । यो वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ ।

    बागलुङ नगरपालिका–६ स्थित सामुदायिक वन र एक राष्ट्रिय वनमा आगलागी भएको हो । जैमिनीका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटनका एक÷एक वनमा आगलागी भएको छ । गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयवासीले निभाएका थिए ।

    यो वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको अधिकारीले जानकारी दिनुभयो । डढेलोको सम्भावित जोखिम भएका ठाउँहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरणहरू उपलब्ध गराउनेलगायतका काम गरिएको अधिकारीको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.