• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर ।  बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्नुहुने प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । बैठकमा सत्तापक्षका सदस्यले काठमाडौँमा सोमबार राति भएको फ्याई दुबई उडानको क्रममा भएको आकस्मिक घटनामा सबै यात्रु सकुशल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    उहाँहरूले प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरे आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन र उडान गर्नुभन्दा अगाडि पूर्ण प्राविधिक जाँच गरेर मात्र उडान अनुमति दिनुपर्नेमा जोड दिनुभएको थियो । यसैगरी, उहाँहरूले सिन्धुपाल्चोकको केही भागमा बर्सातको समयमा बाढीपहिरोको प्रभावबाट जोगाउन आवश्यक तटबन्धन निर्माण गर्ने र पीडित परिवारलाई सरकारले अब पुनःबासको व्यवस्था गर्न र बस्ती जोगाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    बैठकमा प्रदेशको १३ वटै जिल्लामा अहिले मौसमी खेतीपातीको लागि किसानलाई सुलभ तरिकाले मल उपलब्ध गराउनुपर्ने र किसानले उत्पादन गरेको बीउबिजन, हरियो तरकारी र फलफूललाई शीतभण्डारको व्यवस्था गरी पायक पर्ने बजारसम्म पु¥याउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिइएको थियो । यसैगरी, प्रतिपक्षमा सांसदले प्रदेशको विभिन्न संवेदनशील वन्यजन्तु आरक्षमा डडेलोको प्रभावबाट वन्यजन्तु र पशुपन्छीलाई परेको क्षतिप्रति सरकारले गम्भीर भएर सम्बन्धित सरोकारसँग समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा स्थानीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रदेशसभा सदस्यहरूले कृषकलाई खेतीपाती गर्ने समय अघि नै प्रदेश सरकारको कृषि मन्त्रालयले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर खाद्यान्नलगायत अन्य तरकारी बाली लगाउनुअघि नै आवश्यक पर्ने मल खाद्य र विषादी औषधिको जगेडा राख्न पनि सरकारले कार्यतालिका बनाएर स्थानीय निकायलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । प्रदेशको १३ वटै जिल्लामा अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई व्यवस्थितरुपमा बसोबास गराउन र सम्बन्धित भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराई जग्गा धनी पुर्जा वितरण गर्नेतर्फ प्रदेश सरकारले आफ्नो कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्न आग्रह गर्नुभयो ।

    स्वदेशी लगानी मै विद्युतीय स्कुटर, मोटरसाइकल निर्माण गरी उपभोक्तालाई सुलभ मुख्यमा वितरण गर्दै गरेको तर, सङ्घीय सरकारले उक्त उद्योगलाई राज्यको कानुनबमोजिम दर्ता गरी स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन गर्नेखालको कार्यक्रम ल्याउनपर्नेमा त्यसो नगरी हतोत्साही गरेकोमा मुलुकमा अब झन आर्थिक सङ्कट उत्पन्न हुने भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    उक्त बैठकमा प्रदेशसभा सदस्यहरू क्रमशः रामकृष्ण चित्रकार, डा दिनेशचन्द्र देवकोटा, सरल सहयात्री पौडेल, उद्धव थापा, भरतबहादुर केसी, शैलेन्द्रमान बज्रचार्य, लक्ष्मण लम्साल, सुरजचन्द्र लामिछाने, युवराज चौलागाई, रमेशकुमार महतो, उर्मिला सुनुवार, श्रीराम लामिछाने, शान्त ढकाल, ठूला थामी र रत्नप्रसाद ढकालले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

    सो बैठकमा आजै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ सभामा पेश गर्नुभयो । यसैगरी, आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्नुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.