• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

  •   शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रामपुर (पाल्पा । तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गर्नुभएको हो । तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी हुनुहुन्छ । बिना लगानी उपहारका रुपमा पाएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उहाँको सोच छ ।

    “आफूले लगानी नगरिकन उपहारस्वरुप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन”, देवकोटाले भन्नुभयो । उहाँको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ । देवकोटाले तालपोखरा स्वावलम्बन महिला समुहमार्फत बाख्रा उपहार पाउनुभएको छ । बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दीगो स्रोतका रुपमा व्यावसायिक तवरबाट काम गर्ने उहाँले बताउनुभयो ।

    रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मलन समाज (बेस) नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ । परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ । हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समुह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन् । यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन् ।

    परियोजनामार्फत गठन भएका महिला समूहमा परियोजना सुरु भएदेखि (आर्थिक वर्ष २०७७÷७८) को असारदेखि हालसम्म रामपुरमा ३६१ उन्नत जातका प्रजननयोग्य माउँपाठी वितरण गरिएको छ । अहिलेसम्म परियोजनाले रामपुरभित्र ३५ वीउ बोका उपलब्ध गराएको छ । महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवद्र्धन कार्य भइरहेको छ । समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउबिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताउनुभयो ।

    घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । “उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ”, उहाँले भन्नुभयो ।

    यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन् । रामपुर नगरपालिकामा सञ्चालन भइरहेको यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आयस्रोत वृद्धि गर्न स्थानीय तहले बेला बेलामा अनुगमन, समूहलाई क्षमता विकास तालिमलाई जोड दिँदै छोटो समय अवधि नभई कम्तीमा पनि तीनदेखि चार वर्षको समय अवधिसम्म कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्दै जानुपर्ने बताउनुहुन्छ, पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेय ।

    स्थानीय सरकारको साझेदारीमा हाल पाल्पाका दश स्थानीय तह रामपुर र तानसेन नगरपालिकासहित गाउँपालिकातर्फ निस्दी, पूर्वखोला, रिब्दीकोट, रम्भा र तिनाउँमा बाख्रापालनलगायतका विभिन्न कृषि तथा पशुपालनका कार्यक्रम चलिरहेको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउनुहुन्छ । पहिला बाख्रा र पशुमा मात्र सञ्चालन गरिएको कार्यक्रम अहिले भने पालिकाको समन्वयमा कृषि तथा पशुपालनमा सञ्चालन भइरहेको न्यौपानेले जानकारी दिनुभयो ।

    हेफरले पालिकासँगको समन्वयमा २०७८ सालदेखि कार्यक्रम गरिरहेको छ । पाल्पामा सन् २००१ देखि नै प्रारम्भ भएको हेफर प्रोजेक्ट कार्यक्रममा जोडिएका स्थानीयले बाख्रापालनबाट मनग्य आम्दानी लिन सफल भएका छन् । बाख्रापालन नै स्थानीयको मुख्य आयआर्जनको स्रोत बनेको छ । गत आर्थिक वर्षमा पाल्पा जिल्लाबाट करिब रु २० हजार खसीबोका बिक्री गरिएका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.