काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३६ हजार ६ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ७२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१ प्रतिशत संक्रमित निको भएका छन् ।








