• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कोलहवामै विद्यालय खोल्ने सपना

  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    टिकाराम सुनार \ चन्दन ठाकुर

    जनकपुरधाम । आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय बनाउने । वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर नजिकै विद्यालय छैन । टोलछिमेकका बालबालिकाले जोखिम मोलेर टाढाको स्कूल जानुपर्छ । एकदिन शुभकान्त र परमानन्द झासँग फकिरी यादवको यस्तै कुरा भयो । त्यही दिन गाउँमा आधारभूत विद्यालय खोल्ने सपनाको जन्म भएको थियो । तीन वटा टोलको बीचमा रहेको कोलहवाको तुलसियाही निकास भन्ने ठाउँमा झा परिवारको जग्गामध्ये केही जग्गा आधारभूत विद्यालयलाई दिने सहमति पनि भयो ।

    “त्यो ठाउँका बच्चाले करिब दुई किलोमिटर टाढा रहेको वैदेज मावि (वैद्यनाथ देवानन्द जनता मावि) वा अरु ठाउँमा पढ्न जानुपर्ने बाध्यता थियो । अरु बेला त ठीकै छ तर बर्सातको बेला ससाना बालबालिका विद्यालय जान समस्या हुन्थ्यो”, ७० वर्षीया फकिरी यादवले त्यो क्षण सम्झनुभयो, “त्यही समस्याबाट मुक्ति र गुणस्तरीय शिक्षा दिनका लागि आधारभूत विद्यालय खोल्ने हामीले सपना देख्यौँ ।” कुरा मात्रै भएन तत्कालै जग्गा पनि छुट्याइयो । त्यही प्रस्तावसहित तीनै जना र अरु स्थानीय समाजसेवी एवं राजनीतिकर्मी तत्कालीन जिल्ला शिक्षा कार्यालयमा जानुभयो तर सरकारको मापदण्डअनुसार आधारभूत तहका लागि राख्नुपर्ने धरौटी पुगेन ।

    “धरौटीमा रुपैयाँ वा जग्गा राख्नुपर्ने भयो तर करिब रु पाँच लाख दिने दाता पनि भेटिएन र जग्गाको मूल्याङ्कन पनि त्यति पुगेन । निरीह भएर घर फर्कियौँ तर सपनालाई भने मर्न दिएनौँ”, बाँसको चोया र पुरानो जस्ताले छाएको टहरा देखाउँदै यादव भन्नुहुन्छ, “अनुमति कसो न पाइएला भनेर इँटा र सानो टहरो बनायौँ । वैदेज माविबाट फालिएका जस्तापाता ल्याएर छायौँ । त्यही टहरोमा करिब छ महिनासम्म पठनपाठन पनि भयो तर अनुमति लिन सकिएन । त्यहीबीचमा राजनीतिक उथलपुथललगायत विभिन्न समस्या देखिएपछि बीचैमा पढाइ रोकियो ।” संरक्षणको अभावमा विद्यालय विद्यालयजस्तो रहेन ।

    पक्की घर ठड्याउने उद्देश्यसहित १८ वर्ष अगाडि बनाइएको इँटाको जगमा एउटा पनि इँटा थपिएन । काम चलाउन लगाइएको बाँसका चोयामा गारो पोतिएन । खण्डहरजस्तै भयो तर सपना टुटिसकेको थिएन । यो बीचमा छ÷सात वर्ष पहिले शुभकान्त झा र करिब डेढ वर्ष पहिले परमानन्द झाले संसार छोड्नुभयो । तीन जनामध्येका यादव जीवितै हुनुहुन्छ । त्यसैले सपना मर्ने कुरो भएन । त्यसैमा दिवङ्गत परमानन्दका छोरा अम्रेशकान्त झा जोडिनुभयो । पेसाले चार्टर्ड एकाउन्टेन्ट र राजनीतिकर्मीसमेत रहेका तिनै अमे्रशको सहयोगले १८ वर्षअघिको सपना अहिले पूरा भएको छ ।

    विसं २०८० वैशाख २१ गते कक्षा तीनसम्म अध्ययन अध्यापन गर्ने गरी ‘श्री सरस्वती परमानन्द आधारभूत विद्यालय’ को नाममा स्वीकृति प्राप्त भएको छ । “मेरो बुबाले गाउँको बीचमा एउटा विद्यालय होस् भनेर देखेको सपनालाई साकार गर्ने दायित्व मेरो पनि हो भन्ने सम्झेर यसमा जोडिएको छु । सायद आज उहाँ (बुबा) भएको भए जीवनमा सबैभन्दा बढी खुसी हुनुहुन्थ्यो होला”, झाले रासससँग भन्नुभयो,“मान्छेको जीवन त आज छ भोली नरहन सक्छ तर सामाजिक कर्म त अमर रहन्छ । त्यसैले बुबाको सम्झनामा दुई कट्टा ६ धुर जग्गा विद्यालयलाई दान गरी सकेका छौ । अब विद्यालयसँग मेरो परिवार र यहाँको समाज मात्रै होइन सरकार पनि जोडिएको छ ।

    पक्कै यो सपनाले ठूलो आकार लिनेछ ।” झाका अनुसार विद्यालयमा शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने र त्यसका लागि तत्काल गाउँपालिकाले तीन जना शिक्षकको व्यवस्था गर्ने समझदारी छ । “समाज विकासको मूल आधार भनेकै शिक्षा हो । बाध्यताले बाहेक कसैले पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउन नचाहिरहेको अवस्थामा हामीले गुणस्तरीय शिक्षा दिने सुनिश्चिततासहित विद्यालय सञ्चालन गर्ने योजना बनाएका छौँ”, झाले सुनाउनुभयो । वडा नं ४ का अध्यक्ष उदयचन्द्र झाले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सकेको सहयोग गर्ने र प्रदेश तथा सङ्घीय सरकारबाट पनि सहयोग लिन सहजीकरण गरिने बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष अजयकुमार यादवले पनि तीन टोलमा रहेका करिब पाँच सयभन्दा बढी परिवारका बालबालिका लाभान्वित हुनेगरी विद्यालयको भौतिक तथा अन्य सहयोग गर्न आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमबाट पनि रु ३० लाख विनियोजन गरी विद्यालयको व्यवस्थापनका लागि खर्च गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । जनता समाजवादी पार्टी (जसपा) मुखियापट्टी मुसहरनिया गाउँ कार्यसमितिका अध्यक्ष अशोककुमार झाले राजनीतिकरुपमा विद्यालयलाई गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि स्थानीय राजनीतिक दल एकमत रहेको बताउनुभयो ।

    सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने गरी अगाडि बढेको योजनामा सबैको सहयोग र सहकार्य जरुरी रहेको पनि उहाँले बताउनुभयो । छिमेकमै विद्यालय खोल्ने सुनेपछि अहिले यहाँका बालबालिका पनि निकै खुसी छन् । घरबाट करिब दुई किलोमिटर टाढाको नीजि विद्यालयमा कक्षा ४ मा अध्ययनरत विमलेशकुमार यादवले नजिकै विद्यालय खुल्ने भएपछि आफूलाई धेरै खुसी लागेको प्रतिक्रिया दिनुभयो । “भर्खरै सुरु भएकाले मैले त यहाँ पढ्न पाउँछुकी पाउँदैन थाहा छैन तर मेरा भाइबहिनी र अरु बालबालिकाका लागि यो खुसीको कुरा हो”, विमलेशले भन्नुभयो ।

    आफ्नो सानी बहिनीलाई बोकेर नजिकैको विद्यालयमा आउन पाउने आशाले स्थानीय निजी विद्यालयमा कक्षा १ मा अध्ययनरत चञ्चलकुमारी यादवको त खुसीको सीमा नै छैन । चञ्चल भन्छिन्, “अब त म मात्रै होइन मेरो बहिनी पनि स्कूल आउन पाउने भइन् । घरबाट टाढा हिँडेर जान पनि नपर्ने भयो ।” शुक्रबार विद्यालय औपचारिकरुपमा सुरु हुने सन्देश दिन आयोजित कार्यक्रममा उपस्थित बालबालिकाको खुसी नजिकैबाट नियाल्नुभएका संरक्षक तथा संस्थापक अम्रेशकान्तले खुसीका आँसु छचल्किन नदिँदै भन्नुभयो, “हेर्नुस् पढाई सुरु नहुँदै कति खुसी छन् केटाकेटीहरु । यहाँका करिब सात सय परिवारबाट एउटा÷एउटा बच्चा आउने हो भने पनि निकै चाप बढ्नेवाला छ ।

    सुरुमा केही समस्या भए पनि गुणस्तरीय पठनपाठनबाटै हामी अभिभावकको मन जित्ने छाँै ।” सानो ठाउँमा त्यति धेरै बालबालिका कसरी व्यवस्थापन गर्ने ? हाम्रो प्रश्नको जवाफमा झाले भन्नुभयो, “विद्यालय वरपर मेरो परिवारकै करिब साढे दुई बिघा जग्गा छ । विद्यार्थीको चाप धान्ने गरी जग्गाको व्यवस्थापन गर्न मेरो पहल हुन्छ । यहाँ कुनै समस्या आउन नदिने गरी हामी अगाडि बढ्छाँै तर गुणस्तरीय शिक्षण सिकाइ र त्यसका लागि उपयुक्त वातावरण निर्माणमा सबैको सहयोग अपरिहार्य छ ।”

    जाँदाजाँदै विद्यालय स्थापनाको सपना देख्नेमध्येका एक फकिरी यादवले छुटेको कुरा सुनिदिन आग्रह गर्दै भन्नुभयो, “आज समाजसेवी परमानन्द र शुभकान्त भइदिएको भए मसँगै धेरै खुसी हुनुहुन्थो होला, अब उहाँको योगदान अमर रहने छ । अब जीवनकालमै यसको मुहार फेरिएको देख्ने रहर छ, हेरौँ के के हुन्छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.