• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

आयस्रोत जुटाउँदै महेश संस्कृत गुरुकुल

  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    डुम्रे ।  तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाममा सञ्चालित गुरुकुल आत्मनिर्भर बन्ने प्रयासमा जुटेको छ । महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल आत्मनिर्भर बन्ने उद्देश्यले आयस्रोत जुटाउन लागिपरेको हो । आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुल, महेश गुरुकुल संस्कृत विद्यापीठ र रामानन्द अनुसन्धान केन्द्र रहेका छन् । विशेषगरी वटुकलाई धर्म, संस्कृति र संस्कार सहितका शिक्षा दिने उद्देश्यले सञ्चालित गुरुकुलले वटुकको पठनपाठनलाई सहज बनाउन दीर्घकालीन आयआर्जन गर्न लागेको आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिनुभयो ।

    संस्कृत गुरुकुल दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले पुस्तक प्रकाशन गर्न थालिएको उहाँले बताउनुभयो । “आर्थिक पक्षलाई दीर्घकालीन आम्दानीको स्रोत स्थापना गर्ने उद्देश्यले पाठ्यपुस्तक प्रकाशनको प्रयास गरेका छौँ, संस्कृतका पुस्तक अल्पसङ्ख्यक रुपमा प्रकाशित हुन्छन्, यसले दीर्घकालीन आयस्रोत निर्धारण गरेका छौँ”, व्यवस्थापक गिरीले भन्नुभयो । संस्कृत गुरुकुलमा पठनपाठन हुने पुस्तक, संस्कृतका दर्शनका पुस्तक प्रकाशन गरिएको उहाँले बताउनुभयो ।

    आश्रमले हालसम्म संस्कृत पाठ्यपुस्तकसहित ३०÷३५ पुस्तक प्रकाशन गरिसकिएको र यसले आयस्रोतको बाटो निर्धारण भएको गिरीले बताउनुभयो । पुस्तक प्रकाशनले थोरै भए पनि आम्दानीको आयआर्जन गर्न थालेको उहाँले बताउनुभयो । “पाठ्यपुस्तक, संस्कृत दर्शनका पुस्तक प्रकाशनका क्रममा वटुकलाई नै टाइप, सम्पादन, सच्याउने, कम्प्युटर सेटिङ गर्न सिकाउछौँ, यहाँ अध्यापनरत गुरु, महाराजद्वारा लिखित पुस्तक वटुकले टाइप, सम्पादन, सच्याउने, कम्प्युटरमा सेटिङ गर्ने कार्य गर्छन्, यसले वटुकको व्यक्तित्व विकास हुन्छ र पुस्तक प्रकाशनमा संस्थालाई व्ययभार कम हुने गर्दछ”, उहाँले भन्नुभयो ।

    वटुकको व्यक्तित्व विकाससँगै संस्थालाई पुस्तक प्रकाशनमा व्ययभार कम हुने गरेको उहाँले बताउनुभयो । आश्रमद्वारा प्रकाशित पाठ्यपुस्तक मुलुकभरका अधिकांश गुरुकुलमा पुगेको उहाँले बताउनुभयो । “बजारमा बिक्रीका लागि पठाउन सकिएको छैन, मुलुकका गुरुकुलमा अध्यापनका लागि भने पुस्तक पठाउन थालेका छौँ, प्रचारप्रसारकै क्रममा रहेका छौँ”, व्यवस्थापक गिरीले भन्नुभयो । पोखराको नदीपुरस्थित महर्षि वैदिक गुरुकुल, काठमाडौँको नैनीसारङ्गी गुरुकुल, बुटवलको दुर्गा गुरुकुल, देवघाटधामका अन्य गुरुकुल र अन्य कन्या गुरुकुलमा आश्रमद्वारा प्रकाशित पाठ्यपुस्तक पठाउने गरिएको उहाँले बताउनुभयो ।

    सरकारले संस्कृतका लागि सञ्चालित गुरुकुल संरक्षण गर्ने र स्रोतसाधन जुटाइदिने वातावरण गरिदिए सुरक्षित गर्न सकिने आश्रमको अपेक्षा छ । देवघाटधामका गुरुकुल तरकारी र दूध उत्पादनमा आत्मनिर्भर रहेका छन् । हरिहर संस्कृत गुरुकुलले धानखेतीसमेत गर्न थालेको छ । वटुकले खेती गरी खाद्यान्नमा आत्मनिर्भर गर्नतर्फ लागिरहेका छन् । आफैँ उत्पादनमा जुटेपछि खाद्यान्न सहयोगका लागि अपिल गर्नुपर्ने अवस्थाको अन्त्य हुने आश्रमले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.