*छ्या!केटी भएर नी हेर त कपाल काटेकी
*ओइ , हेर त हेर त्यो केटा हो कि केटी ,कस्तो केटी भएर नि कपाल काटेकी रहिछे?
केटा र केटी समान भनिरहदा पनि आजसम्म हाम्रो समाजमा केटीले आफ्नो स्वइच्छाले केही स्वरुपमा परिवर्तन ल्याउदा किन अनौठो दृष्टिकोणले हेर्ने गरिन्छ? आखिर कहिले सम्म??
समाजमा शिक्षित र केही परिवर्तन ल्याउन काम गरिरहेका व्यक्तिले नै यस्ता साना कुरामा प्रश्न खडा गर्दा मैले विभेद रहित समाजको महशुस नै गर्न सकेकी छैन।
समाजमा स्वतन्त्र रुपमा जिउन पाउनु मेरो अधिकार हो। केटिले केटा सरह उच्च अहोदामा काम गर्नु, छोटा छोटा कपडा लगाउनु, कपाल काट्नु आदि कुरामा केटीको गल्ती होइन।आखिर हामीले खाने खाना, लगाउने कपडा, कुनै अहोदा, शिक्षा, कपाल या अन्य कुराले केटा र केटी भनेर भेद गर्दैन भने हामीले किन गर्ने? गलत त हेर्ने र सोच्ने व्यक्तीको हेर्ने दृस्ठिकोण र सोचाइ हो।
त्यसैले, सोच बदलौँ।
विभेद अन्त्य गर्न केटिमाथी हेरिने नराम्रो हेराइ परिवर्तन गरौँ र कुनै दुरव्यवहार र हिंसाको विरुद्धमा आवाज उठाऔँ।








