पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा चार जिल्लाका ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का ८, स्याङ्जाका ५ र कास्कीका २४ जना रहेका छन् । सबै कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ०३ पुगेको छ ।








