• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

प्राकृतिक बासस्थानमा छोड्दा पनि वृद्धि हुन सकेन घडियाल गोही

  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल संरक्षण केन्द्रले प्रत्येक वर्ष प्राकृतिक बासस्थानमा गोही छाड्दै आएको छ । प्राकृतिक बासस्थानमा भने गोहीको सङ्ख्या आशातीत वृद्धि हुन सकेको छैन । नारायणी नदीको सीमित क्षेत्र र राप्ती नदीमा मात्र गोहीको सङ्ख्या केही वृद्धि भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार वन्यजन्तु सप्ताहको अवसर पारेर १० वटा गोही छाडिएसँगै चालु आर्थिक वर्षमा कसराघाट नजिकै एक सय, खगेन्द्रमल्ली नजिकबाट २० र सौराहाघाटनजिकैबाट ४० गरी १६० वटा गोही राप्ती नदीमा छाडिएको छ ।

    विसं २०३८ देखि नदीमा गोही छाड्दै आएको केन्द्रले हालसम्म एक हजार ८५२ वटा गोही नदीमा छाडिसकेको छ । सूचना अधिकारी तिवारीले आफैँ आहारा खोज्न र खान सक्ने अवस्थामा पुगेका गोहीलाई नदीमा छाडिए पनि ती बासस्थानमा अपेक्षित रूपमा गोहीको सङ्ख्या वृद्धि हुन नसकेको बताउनुभयो । उहाँले नारायणी नदीको निकुञ्जको कोर क्षेत्र र राप्तीको सौराहादेखि गोलाघाटसम्म गोहीको राम्रो उपस्थिति रहेको बताउनुभयो । सामान्यतः प्राकृतिक बासस्थानबाट अन्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका १.५ मिटर लम्बाइ भएपछि गोहीलाई प्राकृतिक बासस्थानमा छोड्न योग्य मानिन्छ ।

    केन्द्रमा हुर्काइएका घडियाल गोही राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबई नदीमा छाडिँदै आएको हो । पछिल्लो समय प्राकृतिक बासस्थानमा गोहीको सङ्ख्या ज्यादै न्यून हुने गरेपछि राप्ती नदीलाई बढी प्राथमिकतामा राख्ने गरिएको छ र यही नदीको प्राकृतिक बासस्थानमा गोही पाइने गरेको छ । विशेष गरी चैत, वैशाखमा नदी किनारमा गोहीले पारेका अन्डा सङ्कलन गरेर प्रजनन गराउँदै आएको केन्द्रले हाल केन्द्रमै केही वयस्क माउ राख्ने गरेको छ । यस केन्द्रमा हाल ६४९ भन्दा बढी विभिन्न उमेरका गोही छन् ।

    विश्वमा लोपोन्मुख अवस्थामा रहेको घडियाल गोही साइटिस अनुसूचीमा एक नम्बरमा पर्ने जल र थल दुवै स्थानमा रहन सक्ने उभयचर प्राणी हो । मगर गोही पानी र जमिनमा पाइने विभिन्न प्रकारका जीवजन्तु र चरा खान रुचाउँछ भने घडियाल गोहीले माछा मात्र खान्छ । स्तनधारी जीवको तुलनामा यो गोही सबैभन्दा कम खाना खाएर बाँच्ने प्रकृतिको जीव हो । यसले हिउँदको समयमा ज्यादै थोरै मात्र खाना खान्छ । गोहीलाई सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिन्छ । यो सिमसार पारिस्थितिक प्रणालीको पिरामिडमा सबैभन्दा माथि रहेको मानिन्छ ।

    त्यसैले यो लोप हुनु भनेको सिमसारमा रहने अन्य जातिका जीवको भविष्यसमेत सङ्कटमा छ भन्ने सङ्केत हो । विसं २०१६ पूर्वघडियाल गोही नेपालको कोशी, नारायणी, कर्णाली, बबई र महाकाली नदीमा प्रशस्त पाइन्थ्यो । पछिल्लो समय गोहीको सङ्ख्या ज्यादै कम हुन थालेपछि नेपाल सरकार र फ्य्राङ्कफर्ट जुलोजिकल सोसाइटीको संयुक्त प्रयासमा स्थापना भएको घडियाल संरक्षण केन्द्रलाई घडियालको आनुवंशिक कोशका रूपमा लिइन्छ । केन्द्रमा गोही हुर्काएर प्रत्येक वर्ष प्राकृतिक बासस्थानमा छाडिँदै आएको छ ।

    गोहीले नदी किनारको अक्सर पहारिलो घाम लाग्ने स्थानको बालुवा खोस्रेर एक पटकमा १५ देखि ६० वटा अन्डा पार्ने र ती अन्डा सङ्कलन गरी केन्द्रमा रहेको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिन्छ । ती बच्चालाई आफैँ आहारा खोज्न सक्ने अवस्था नहुँदासम्म केन्द्रमै राख्ने र त्यसपछि प्राकृतिक बासस्थानमा छाडिन्छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार यस वर्ष नारायणी र राप्ती नदी किनारमा गोहीका गुँड पहिचान भइसकेको र अन्डा सङ्कलन जारी रहेको छ ।

    सामान्यतया प्राकृतिक रूपमा बच्चा निस्कन सक्ने प्रकृतिका गुँडबाट थोरै र नष्ट हुने अवस्थाका गुँडबाट धेरै अन्डा सङ्कलन गर्ने गरिन्छ । प्राकृतिक बासस्थानमा बालुवाको तापक्रमकै कारण ७० देखि एक सय दिनमा बच्चा निस्कन्छ । यो बेलासम्म पोथी गोही गुँडको रक्षार्थ सोही क्षेत्र वरपर बस्ने गर्छ । गोहीको अन्डा कुखुराको अण्डाभन्दा ठूलो हुन्छ । घडियाल गोही महाकाली, बबई, कर्णाली, कालीगण्डकी, सप्तकोशीलगायतका नदीमा पाइन्छन् । पछिल्लो समय अन्य नदीमा गोही लोप हुँदै आएको छ । राप्ती र नारायणी नदी किनारमा मात्र यसको प्राकृतिक बासस्थान भेटिने गरेको समाचार आजको गोरखापत्रमा छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.