• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सकियो दुई दिने ‘चित्तौन कचेहेरी’

  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणी कला मन्दिरमा सञ्चालन भएको ‘चित्तौन कचेहेरी’ सकिएको छ । चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा १८ वटा सत्र सुरु भएका थिए । मञ्चमा आदिवासी जनजाति, दलित समुदाय, राजनीति, साहित्य, इतिहास, वातावरण, विकास निर्माण, कृषिलगायत दर्जनभन्दा बढी विषयमा केन्द्रित रहेर बहस भए । कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिएको थियो ।

    मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास भएको कार्यक्रम निर्देशक सरिता तिवारीले जानकारी दिईन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चितवन बासीलाई समेत धन्यवाद दिएकी छन् । शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’को दोस्रो दिन १० वटा सत्र सञ्चालन भएका थिए । दोस्रो दिनको पहिलो सत्रका रुपमा ‘विकासमा कहाँ छुटे आदिवासी?’ शिर्षकमा बहस भएको थियो ।

    जसमा वीरेन्द्र महतोले डा.सञ्जय महतो, ज्ञानबहादुर बोटे, इन्दु थारु र सुनिमायाँ चेपाङसंग बहस गरेका थिए । गाउँमा विकास भए पनि त्यसबाट आदिवासी जनजातिले प्रत्यक्ष अवसर नपाएको बताए । नेपालको विकास आदिवासी जनजातिको पहुँचविपरीत रहेको उनीहरुको भनाई थियो । यस्तै दोस ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ विषयक छलफलमा विकास विश्वकर्मा, रुपा सुनार र शिवहरी ज्ञवालीले भाग लिएका थिए । उनीहरुले धर्म परिवर्तनबाट जातीय व्यवस्थाको उन्मुलन नहुने बताएका थिए ।

    कानुन बनेपनि कार्यान्वयन हुन नसक्दा छुवाछुत प्रथा हट्न नसकेको उनीहरुको भनाई थियो । लेखक तथा पत्रकार वसन्त बस्नेतले सहजकिरण गरेको ‘नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति?’ विषयक छलफलमा सांसद सोविता गौतम, केशव दुहाल र गुणराज लोहनी वक्ताको रुपमा सहभागि थिए । उनीहरुले राजनीतिमा विचार र व्यवहार दुवै महत्वपूर्ण हुने बताए । राजनीतिमा समयअनुसार विचार हुनुपर्ने उनीहरुको धारणा छ । शनिवार पुस्तक विमोचन र वार्ता समते गरिएको थियो ।

    यस सत्रमा पत्रकार राजेश घिमिरेले लेखक र समालोचक संग वार्ता गरेका थिए । चित्तौन कचेहेरीमा अभियन्ता केपीकिरण शर्माको ‘भुमरी’ र डा जीवन क्षेत्रीका ‘नुन–तेल, विगत र पदयात्रा’ पुस्तक विमोचन गरिएको हो । चेपाङ संरक्षणका अभियन्ता शर्माको ‘भुमरी’ चेपाङ समुदायको शैक्षिक व्यक्तिद्वय विश्वास चेपाङ र सुनिमाया चेपाङमार्फत विमोचन गरे । सामाजिक अभियन्ता डा क्षेत्रीको कृति ‘नुन–तेल, विगत र पदयात्रा’ लेखकका बुबा बलबहादुुर र आमा लक्ष्मीमार्फत सार्वजनिक गरिएको हो ।

    ‘कसरी लेखिँदै छ चितवनमा आख्यान’ शिर्षकमा बहस भएको थियो । बसहमा सिम्रन क्षेत्री, सिर्जन अविरल, भूपिन, रेशम विरही र गणेश खनियाँ सहभागि थिए । उनीहरुले चितवनको आख्यानलाई अझ बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे । कार्यक्रममा नेपालमा संघीयता कार्यान्वयनमा समस्या देखिएको विषयले पनि प्रवेश पायो । ‘मधेश र सत्ता’ शीर्षकमा चलेको बहसका क्रममा अधिकारकर्मीहरुले वर्तमान संघीयतालाई इञ्जिनबिनाको गाडीको संज्ञा दिए ।

    यस बहसमा भोला पासवान, डा रामजी राम अन्जु झा र चन्द्रकिशोर सहभागि थिए । नेपालमा रैथाने भाषा विस्तारै लोप हुँदै गएको छ । नेपालमा अहिले १२५को हाराहारीमा जातजाति रहेका छन् । त्यसमध्ये १२३ वटा मात्रै मातृभाषा रहेका छन् । त्यसमा ७१ वटा भाषा संकटमा पुग्ने अवस्थामा रहेको बताइएको छ । संकटाउन्मुख १८, अत्यन्त संकटमा परेका भाषा ७ वटा रहेका छन् । नेपाल सरकारले २०२२देखि २०३२लाई आदिवासी भाषा दशक धारणा ल्याएको थियो । तर, त्यसबाटपनि उपलब्धि हुन सकेको छैन ।

    यस विषयलाई समेट्दै ‘रैथाने भाषाको साहित्य’ विषयले समेत प्रवेश पायो । बहसमा मनोज चौधरी, नवीन विभास, प्रतिसरा सायमी, राजु स्याङतान र अभय श्रेष्ठ सहभागि थिए । उनीहरुले अरुको भाषा अपनाउँदै जाँदा आफ्नै भाषा गुमाउनुपरेको अनुभव सुनाए । चितवनको मानिसहरुको बसोवासको इतिहास त्यति लामो छैन । विभिन्न ग्रन्थमा लिच्छिविकालदेखि नै यहाँ मानिस बस्दै आएको बताईएपनि यहाँ प्रजातन्त्र स्थापनाभएपछि नै मानिसको बसोबास उल्लेख्य रुपमा भएको पाईन्छ । अहिले चितवनमा तिव्र सहरीकरण समेत बढ्दो अवस्थामा छ ।

    यसलाई समेट्दै चितवनः ‘हिजो, आज र भोलि’ शिर्षकमा बहस चल्यो । पत्रकार रमेशकुमार पौडेलले सहजिकरण गरेको सत्रमा सरस्वती रिजाल, उषा तितिक्षु, प्रभात कुमार जोशीको सहभागिता रहेको थियो । चितवनमा बसोवासको इतिहासका विषयमा उनीहरुले प्रकाश पारे । प्रदीप अन्जानले निर्देशन गरेको नाटक स्वप्नवयान समेत प्रस्तुत गरिएको थियो । महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । जसमा २४ वटा गजल प्रस्तुत भएका थिए ।

    विमर्श कंडेलले सहजिकरण गर्नभएको गजल बाचन सत्रका मिथिला प्याकुरेल, दिग्गज धौराली, लक्ष्मण संगम, मुक्त उदास, कृष्णप्रसाद अर्याल र इन्दिरा अधिकारीले चार÷चार वटा गजल प्रस्तुत गरेका थिए । यस्तै पहिलो दिन शुक्रवार ८ वटा प्रस्तुती भएका थिए । जसमा नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार ः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता ः कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा ः यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय ः अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको थियो ।

    सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा थाहा ? नाटकसमेत प्रस्तुत गरिएका थिए । पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्शका थिए । २३ कविले कविता वाचनसमेत गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.