• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणगढ–मुग्लिन सडक : बनिसकेका पुल जेठको अन्तिमदेखि सञ्चालनमा ल्याइने

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बनिसकेका पुल जेठको अन्तिमदेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। “हस्तान्तरण हुन बाँकी भए पनि निर्माण सम्पन्न भएका पुल विस्तारै सञ्चालन गर्दै लगिने नीति बनाएका छौँ,” प्रमुख कार्कीले भन्नुभयो।

    सडकसँगै रहेका घरटहराको क्षतिपूर्ति दिन ढिलाइ हुँदा निर्माण सकिएर पनि उक्त सडक खण्डका नौ वटा पुल सञ्चालनमा आउन सकेका छैनन्। विश्व बैङ्कको ऋणमा निर्माण भएका ती पुल नजिकै सडकमा जोडिएका घर टहरालाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने नियमका कारण निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका थिएनन्। सरकारले ती घरटहराको पहिलो चरणको क्षतिपूर्ति ५० लाख रुपियाँ वितरण गरेसँगै पुललाई मूल सडकमा जोड्न लागिएको हो।

    त्यसका लागि पुलदेखि सडकसम्मको बिचको भाग मर्मत सुधार र कालोपत्रे गर्नुपर्ने अवस्था छ। त्यो एक दुई दिनमै सकिने र त्यसपछि जेठ अन्तिमसम्ममा पुल सञ्चालनमा ल्याइने बताइएको छ। निर्माण कम्पनीका तर्फबाट सडक विभागलाई हस्तान्तरण भने हुन बाँकी नै छ।

    “केही दिनभित्रै पहिलो चरणमा सेती दोभान, डुम्रे र बालुवा पुल गरी तीनवटा र दोस्रो चरणमा रिग्दी खोला पुल, भोर्ले खोला पुल, जुगेडी खोला पुल र खोर खोला पुल गरी चार वटा पुलको प्राविधिक जाँच गरी सञ्चालनमा ल्याउँछाँै,” प्रमुख कार्कीले बताउनुभयो।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार निर्माणाधीन १५ पुलमध्ये नौ वटाको निर्माण पूरा भएको र थप चार वटाको निर्माण कार्य अन्तिम चरणमा छ।

    यस्तै तुइन खोलामाथि भने अझै पुल निर्माणको काम सुरु हुन सकेको छैन। खहरे खोलामा भर्खरै सुरु भएको छ। खहरे खोला पुलको जगमै टहरा परेपछि निर्माण नै रोकिएको थियो भने तुइन पुलसँगै ठाडो भिर भएका कारण त्यसलाई विष्फोट गरेर फोर्नु पर्ने भएकाले निर्माण कार्य अघि बढ्न नसकेको हो।

    नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सकिएको दुई वर्र्षपछि मात्रै २०७७ असारदेखि १५ वटा पुलको निर्माण प्रव्रिmया सुरु भएको हो। सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माण सुरु गर्नमै ढिलाइ भएको थियो। सरकारले कानुनी अड्चन खुला गरेपछि २०७६ चैत १० गते पुल ठेक्का सम्झौता भएको थियो। सोही अनुरूप ‘डिजाइन एन्ड बिल्ड’ (पुलको डिजाइन गर्दै निर्माण गर्ने काम) को अवधारणामा अनक कन्ट्रक्सनले पुलको निर्माण सुरु गरेको हो।

    अहिले बनेका पुलका चौडाइ नौदेखि ११ मिटरसम्मका छन्। पुल निर्माणका लागि विश्व बैङ्कले एक अर्ब २७ करोड पाँच लाख रुपियाँमा सहयोग गरेको खबर आजको गोरखापत्रले छापेको छ।

    • नारायणगढ–मुग्लिन सडक

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.