भरतपुर । स्वास्थ्य कार्यालय चितवनको आयोजनामा धूम्रपान मद्यपान निरुत्साहनका लागि युवा परिचालन कार्यक्रम सम्पन्न भएको छ । यात्रा ग्रुप भरतपुरसँगको सहकार्यमा धावन पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा धूम्रपान मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असर बारे युवाहरुलाई सचेत गराईएको थियो । यस्तै धूम्रपान मद्यपान सेवन न्युनिकरणमा युवाको भूमिका बारे पनि सचेत गराइएको थियो ।
कार्यक्रमलाई स्वास्थ्य कार्यालयका निमित्त प्रमुख जयराम दवाडीले सहजीकरण गरेका थिए । कार्यक्रममा करिब ५० जना सहभागी थिए । कार्यक्रममा बोल्दै यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीले बढ्दो दुर्व्यसनी रोक्न युवाको भूमिका महत्वपूर्ण हुने बताए।








