• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा

  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङको गलकोट क्षेत्रमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे । तर पछिल्लो केही महिनायता बिरामी पर्दाबित्तिकै गलकोट बाहिर जानेको सङ्ख्या कम भएको छ । गलकोट नगरपालिकाले पुस महिनादेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् ।

    पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ । नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका छन् । हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् ।

    नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा राजेश पौडेल र डा मनोज कार्कीले सेवा दिइराख्नुभएको छ । नगर अस्पताल प्रमुख डा राजेश पौडेलले पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढिरहेको बताउनुभयो । आफू माघ महिनामा आएको सुनाउँदै त्यसयता धेरै दीर्घ तथा अन्य रोगका बिरामीले सेवा लिएको बताउनुभयो । सेवालाई प्रभावकारी बनाउन र घरआँगनकै अस्पतालबाट गुणस्तरी सेवा दिन अस्पताल प्रशासन गम्भीर बनेर लागेको बताउनुभयो ।

    डा पौडेलले भन्नुभयो, “यो अस्पताल धेरै पुरानो हो, विसं २०१६ मा स्थपाना भएको स्वास्थ्य केन्द्र अहिले नगर अस्पतालमा स्तरवृद्धि भएको छ, हामीप्रति नारिककको विश्वास बढ्दै गएको छ, यहाँका चिकित्सक कर्मचारीले नागरिकको विश्वास जित्ने गरी काम गर्ने कोसिस गरिरहेका छौँ, पहिलेका सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै गएका छौँ, केही उपकरणको अभाव छ, त्यसलाई पनि प्रदेश सरकारसँग माग गरेर परिपूर्ति गर्ने तयारीमा छौँ ।”

    पहिले मासिक तीन सय ५० बिरामी आउने गरेको अस्पतालमा अहिले एकै दिन एक सय ५० बढी बिरामीले सेवा लिने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा चौबीसै घण्टा ‘इमर्जेन्सी’ सेवा, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । अस्पतालमा एक एमडीजिपी ९जनरल फिजिसिन० र एक एमबीबीएस डाक्टरले सेवा दिन थालेपछि बिरामी पोखरा, काठमाडौँ जानुपर्ने समस्याबाट मुक्त भएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो ।

    उहाँले पछिल्लो समय गलकोट नगरपालिका बाहेक ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको बताउनुभयो । अस्पताल व्यवस्थापन गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारबाटै सहयोग भइरहेको अध्यक्ष हमालले बताउनुभयो ।

    “नगर अस्पताल सञ्चालनमा आएपछि धेरै नागरिकलाई सहज भएको छ, पहिले हजारौँ पैसा खर्च गरेर टाढाका अस्पतालमा पुग्न बाध्य थिए, अहिले निःशुल्करूपमा नजिककै अस्पतालबाट सेवा लिन पाएका छन्”, अध्यक्ष हमालले भन्नुभयो, “अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भइरहेको छ, एमडिजिपी, एमबीबीएस डाक्टर आएपछि सेवा राम्रो भएको छ, पहिला बिरामीलाई भर्ना गरेर राख्ने व्यवस्था थिएन, अहिले यही राखेर उपचार गरिन्छ, एम्बुलेन्स सेवा थिएन, अहिले व्यवस्थित भएको छ ।”

    स्थानीय सुनिल विकले नगर अस्पताल सञ्चालनमा आएपछि गरिब नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो । पहिले गाउँमा कोही बिरामी हुँद ऋण खोजेर पोखरा काठमाडौँ पुर्याउने गरेको भन्दै अहिले गाउँ नजिकैको अस्पतालमा उपचार गराउन पाउँद खुसी लागेको बताउनुभयो । यहाँका स्वास्थ्यचौकी तथा स्वास्थ्य संस्थामा पहिले सामान्य उपचारसमेत नहुने गरेको भन्दै अहिले विशेषज्ञ चिकित्सकबाट जाँच र उपचार गराउन पाएको विकले बताउनुहुन्छ ।

    नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदानसँगै चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र उपचार उनीहरूको घर–घर पुगेर गर्न थालेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । नगरपालिकाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको भण्डारीको भनाइ छ । ज्येष्ठ नागरिक अस्पताल पुग्न समस्या हुने हुँदा नगरपालिकाले यो व्यवस्था गरेको उहाँले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.