• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

संसारीमाई महापूजाले बढ्दो रौनक

  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको छ । यही जेठ २६ गते असार कृष्ण षष्ठी तिथिमा हुने महापूजाको तयारी सुरु भइसकेको छ ।

    परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिदै आइएको जलेश्वर नगरवासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेवस्थान नजिक स्थापित संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जिल्ला समन्वय समिति महोत्तरीका पूर्वप्रमुख जलेश्वर–८ का बासिन्दा सुरेशप्रसाद सिंह बताउनुहुन्छ ।

    यसपालिको संसारीमाई महापूजा साताव्यापी आयोजना हुँदैछ । यस क्रममा यही आउने शुक्रबार ९जेठ १९ गते०देखि विधिवत महापूजा थालिने श्री संसारीमाई महापूजा व्यवस्थापन समिति २०८० का अध्यक्ष अशोककुमार साहले जानकारी दिनुभयो ।

    शुक्रबारका दिन महापूजा सङ्कल्प सम्पन्न गरिएसँगै ग्रामदेवताको आराधना, पाञ्चायन देवीदेवताको पूजनसँगै श्रीमद्भागवत् गीता र चण्डी पाठ सुरु गरिने साहको भनाइ छ । यसबीचमा जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँ–ठाउँमा खानेपानी र शौचालय सुविधा बढाउने काम भइरहेको श्री संसारीमाई महापूजा व्यवस्थापन समितिले जनाएको छ । महापूजाको तयारीमा जलेश्वर नगरका प्रत्येक घरघरका सदस्य परिचालित देखिएका छन् ।

    महापूजाको अवसरमा देवी संसारीमाईको दर्शन र पूजाआराधनामा सरिक हुन आउने श्रद्धालुबाहेक प्रसाद ग्रहणका लागि घरघरैबाट निम्त्याइने पाहुनाको जमघट निकै बढ्ने समितिका अध्यक्ष साह बताउनुहुन्छ । “महापूजाको प्रसाद ग्रहणका लागि घरघरैबाट आफन्त डाकिन थालेका छन्, प्रत्येक घरमा १०÷२० जना पाहुना हुनु स्वभाविक नै हुनेछ”, अध्यक्ष साह भन्नुहुन्छ, “यसअघि २०७५ वैशाखमा भएको महापूजामै सात लाख श्रद्धालु आएका अनुमान गरिएको थियो, यसपालि यो सङ्ख्या झन् बढ्ने अनुमान छ ।”

    महापूजाको तयारीमा नगरभरि धमाधम स्वागतद्वार, पण्डाल निर्माणदेखि रङ्गीविरङ्गी धजा गाडिँदैछन् । सीमापारि भारतका मधुवनी र सीतामढी जिल्लासँगको जलेश्वर नगरको सीमा छुट्टिने दशगजावारि भारतीय पाहुनालाई स्वागत गर्न तोरण टाँग्ने तयारी छ ।

    विगतमा प्रत्येक १२ वर्ष र त्यसपछि प्रत्येक सात वर्षमा हुँदै आएको महापूजा पछिल्ला केही दशकयता पाँच वर्षको अन्तरालमा आयोजन गरिन थालिएको हो ।समाजमा अनिष्टका घटना बढ्न थालेपछि त्यसको निवारणका लागि श्री संसारीमाईको महापूजा अघि सारिँदै अहिले पाँच वर्षमा आइपुगेको जलेश्वर–१ का सामाजिक कार्यकर्ता ७० वर्षीय सुधीर साह बताउनुहुन्छ ।

    श्री संसारीमाईको महापूजा विशेष नगरउत्सव रहँदै आएको जलेश्वर नगरप्रमुख सुरेश साहको भनाइ छ । “महापूजा नगरको विशिष्ट अवसर हो र खास पर्व पनि हो”, नगरप्रमुख साह भन्नुहुन्छ, “हामी यसलाई भव्य, शालीन र भक्तिमय बनाउन लागिपरेका छौँ ।”

    श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका घरघरैजसोबाट पशुबलि ९बोका० दिइन्छ । पाँच वर्ष बीचमा ९एकअर्को महापूजाबीचको अवधि० मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.