पोखरा । गण्डकी प्रदेशमा सोमबार विहान थप १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप १९ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका १७ जना र बाग्लुङका २ जना रहेका छन् । संक्रमितहरुमा बाग्लुङ जिल्ला, बडीगाड–१ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका–४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका– ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसका छन् । त्यसैगरी पोखरा महानगरपालिका–८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । यो संगै प्रदेशमा संक्रमितको संख्या २९९१ पुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८६१ रहेको छ ।








