• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मधेस प्रदेशसभा : आगामी बजेट जनपक्षीय बनाउनुपर्नेमा जोड

  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट जनपक्षीय बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

    प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले बजेट निर्माणको प्रारम्भिक चरणदेखि नै जनताको आवाज प्रतिविम्बित हुने गरी विधि र प्रक्रिया निर्धारण गर्न सभामुखमार्फत सरकारलाई निर्देश गर्नुपर्ने बताउनुभयो ।

    बैठकमा प्रदेशसभा सदस्य रामसरोज यादवले उत्पादन र सामाजिक न्यायविना संविधान र पार्टीले देखेको समाजवाद नआउने भन्दै समाजमा रहेका सबै वर्गको उत्थानका लागि संवेदशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आगामी २५÷३० वर्षमा मधेसको ‘लाइफ लाइन’ का रूपमा रहेको चुरेमा हुने भूक्षयले तराई मधेस मरुभूमिमा परिणत हुने प्राविधिकको प्रक्षेपणलाई मध्यनजर गरी पर्याप्त बजेट तथा व्यवस्थित योजना बनाउनुपर्ने बताउनुभयो ।

    त्यसैगरी प्रदेशसभा सदस्य युवराज भट्टराईले वैशाखसम्म २१ द्यशमलव आठ प्रतिशत मात्रै खर्च हुने स्थितिलाई अन्त्य गर्न वैशाखभन्दा पछि सम्झौता नगर्ने र रकमान्तर नगरिने प्रतिबद्धता सरकारबाट जरुरी रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा ५० लाखभन्दा साना योजना नराख्ने र बजेट खर्च गर्दा बोलपत्र आह्वानमार्फत गरिने परिपाटी बसाउनुपर्ने धारणा राख्नुभयो ।

    त्यसैगरी प्रदेशसभा सदस्य उपेन्द्र महतोले सःशर्त अनुदान दिने कुरा अभिभावकीय दायित्व निर्वाह र सुमधुर सम्बन्धका लागि परिकल्पना गरिए पनि त्यसबाट विचौलियाले बढी लाभ लिने अवस्था बनेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जेठ १६ गते हुँदासम्म पनि बजेट पूर्व गरिने छलफल प्रारम्भ नभएकाले तत्काल सरकारको ध्यानाकर्षणका लागि सभामुखसँग आग्रह गर्नुभयो ।

    त्यसैगरी विशेष समयमा प्रदेशसभा सदस्य रत्नेश्वर गोइत यादवले विगतका अनुभवबाट सिक्दै आगामी आवको बजेट निर्माणमा सबैको सहभागिता सुनिश्चित गर्न उपयुक्त विधि अवलम्बन गरिनुपर्ने बताउनुभयो ।

    बैठकमा प्रदेशसभा सदस्य चन्दनकुमार सिंह, रानीकुमारी तिवारी, जयचन्द्रप्रसाद पटेल, ललिता दास, कञ्चन विच्छा, मञ्जु थापामगर, मोहम्मद समिमलगायतले जनपक्षीय बजेट निर्माण, नीतिगत र योजनामा हुने भ्रष्टाचारलाई निरुत्साहित गर्न, बर्सातको समयमा हुने जोखिम, भूमिहीनको व्यवस्थापनलगायतका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने धारण राख्नुभयो ।

    आजको बैठकले शिक्षा तथा समाजकल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश बालअधिकार ऐन, संशोधन गर्न बनेको ऐन, २०७७ लाई सदनमा प्रस्तुत गर्ने अनुमतिसम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।

    प्रदेशसभाको आजको बैठकमा सभामुख रामचन्द्र मण्डले अर्को बैठकदेखि शून्य समय सुरु हुने र त्यसमा क्रमसङ्ख्याको आधारमा एक मिनेटमा आफ्नो भनाइ राख्न पाउने व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

    शून्य समयमा क्रमसङ्ख्या एकदेखि ३६ सम्म ३७ देखि ७२ सम्म दोस्रो र ७३ देखिमाथि तेस्रो समूहमा विभाजन गरिएको भन्दै सभामुख मण्डलले आइतबार र बुधबार पहिलो समूह, सोमबार र बिहीबार दोस्रो तथा मङ्गलबार र शुक्रबार तेस्रो समूहको बोल्ने क्रम निर्धारण गरिएको जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक भोलि जेठ १७ गते दिनको १ बजे बस्नेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.