• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रममाथि छलफल

  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । उक्त बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भई सरकारलाई विभिन्न विधामा सुझाव समेट्न आग्रह गर्नुभयो ।

    उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा सर्पको टोकाइबाट घाइते भएका बिरामीलाई उपचार गर्ने प्राविधिकसहितको अस्पताल स्थापना गर्ने कुनै नीति तथा कार्यक्रम नभएकाले अब आउने बजेटमा प्रदेशको विभिन्न जिल्लामा सर्पदंश अस्पतालको स्थापना र दक्ष चिकित्सक उपलब्ध गराउन माग गर्नुभयो ।

    उहाँहरुले कृषि क्षेत्रलाई उत्पादन मुलुक एवं आत्मनिर्भर बनाउन प्रदेश सरकारले पायक पर्ने स्थानमा आगामी आर्थिक वर्षमा मलखाद्य कारखाना स्थापना गर्ने र मल र बीउविजन कृषकलाई उपब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई स्रोतसाधन परिचालन गरी सर्तकमा राख्नु सुझाव दिनुभयो । प्रदेशको १३ वटै जिल्लामा सडक सञ्जालसँग जोडिने कृषि सडक, खानेपानी, स्वास्थ्य उपचारको लागि दक्ष चिकित्सक र जनशक्ति उपलब्ध गराउन सरकारले दलीय स्वार्थभन्दा माथि उठेर प्रतिपक्षको आवाजलाई पनि कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

    बागमती प्रदेशको काठमाडौँमा अहिले निकै पानीको अभाव सिर्जना भएको र ती प्रत्येक टोलमा आवश्यकताअनुसार, खानेपानीको लागि वृद्धि योजनाका लागि बजेट र प्राविधिक जनशक्ति उपलब्ध गराउन आगामी बजेटमा समावेश गर्नेतर्फ माग गर्नुभयो । यस्तै प्रदेशको चितवनस्थित कृषि तथा वन विश्वविद्यालयलाई प्रदेश सरकारले सहकार्य र समन्वय गरेर प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादनका लागि अनुसन्धानात्मक परियोजनाको सञ्चालन, वातावरण संरक्षणका लागि गुरु योजना तर्जुमा गरी जैविक क्षेत्रको संरक्षणमा टेवा पु¥याउन नीति तथा कार्यक्रमले समेट्न नसकेकामा थप कार्यक्रमको तर्जुमा गरी लागू गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँहरुले अब नीति तथा कार्यक्रमलाई केबल औपचारिकरुपमा राखी प्रदेशको मूल स्रोतमा रहेको राजस्व सङ्कलन एवं आर्थिक सूचकलाई जनभावनाअनुसार व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरकारले आर्थिक उदारीकरणतर्फ ध्यान दिनुपर्ने र अनावश्यक मन्त्रालयको हेरफेर र यी सवारीसाधनलाई खरिदलाई नियन्त्रणमा राख्नुपर्ने सुझाव दिनुभयो ।

    सरकारी विद्यालयमा पहुँच नभएका बालबालिका मात्रै अध्ययन गर्ने भएकाले निजी क्षेत्रबाट सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो भएकाले अब सरकारले सबै प्रकारको अभिभावकका बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्ने खालको नीतिगत तहमा शिक्षाको गुणस्तरलाई अगाडि बढाउन माग गर्नुभयो ।

    सो बैठकमा प्रदेशसभाका सदस्य क्रमशः डा दिनेशचन्द्र देवकोटा, गोविन्द लम्साल, श्यामबहादुर खड्का, मातृकाप्रसाद भट्टराई, जयराम थापा, रामकुमार पहाडी, गिरबहादुर तामाङ, कुला धामी, यमुनादेवी श्रेष्ठ, ओमकुमारी श्रेष्ठ, उर्मिला सुनुवार, रमेशकुमार महत, शैलेन्द्र बज्राचार्य, भरतबहादुर केसी, समितादेवी खड्की, किरण थापामगर, सुना परियार, अमनकुमार मास्के, मधुकुमार श्रेष्ठ र मिना पराजुली पोखरेलले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

    बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक जेठ १८ गते बिहान १०ः३० बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.