• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रमाथि छलफल जारी

  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर ।  बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।

    उहाँहरुले प्रदेशको सबै जिल्लामा सरकारी अनुदानबाट सञ्चालित विद्यालयलाई गुणस्तरीय सेवा पुर्याउन शिक्षकको अपग्रेट गर्ने र नीति क्षेत्रका विद्यालयबाट राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र विभिन्न अभिभावकबाट आफ्नो बालबालिकालाई सरकारी स्कुलमा पठाउनेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवदेखि लागू गर्न सुझाव दिनुभयो ।

    यसैगरी, प्रदेशको काठमाडौँलगायत अन्य जिल्लामा खानेपानीको समस्या निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुहुँदै उहाँहरूले नीति तथा कार्यक्रमले दुर्गम बस्तीका बासिन्दालाई पिउने पानी र सिँचाइको लागि योजनामा ल्याउन माग गर्नुभयो । बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सीमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यसक्षेत्रमा सिँचाइको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्नेमा उहाँहरूको जोड थियो ।

    उहाँहरूले सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्न र स्थानीय निकायलाई स्वास्थ्यचौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले आगामी आर्थिक वर्षभित्र थप कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गर्नुभयो ।

    बैठकको छलफलमा अधिकांश प्रदेश सभाका सदस्यले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, खाद्यान्न बालीलाई प्रदेशभित्र सबै सर्वसाधारणको पहुँचमा पु¥याउन पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने, कृषकलाई मौसमी तरकारीखेती गर्न वित्तीय क्षेत्रको बैंकबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफुल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउने कार्यमा ध्यान दिन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।

    काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा सम्पदाको संरक्षण गर्ने ऐतिहासिक जात्रालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत संरक्षण एवं नियमित पूजाआजा प्रर्दशन गर्ने कार्यलाई प्रभावकारीरुपमा परिचालन गर्न प्रदेशसभा सदस्यले सुझाव दिनुभयो । बैठकमा पर्यटनको विकासको लागि गुरुयोजना तर्जुमा गरी क्रमशः लागू गर्दै लैजाने नीति अनुरुप सरकारले योजना बजेट तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँहरुले गणतान्त्रिक व्यवस्थालाई सुदृढ तुल्याउन प्रदेशमा सुशासनको अभ्यास गरिनुपर्ने एवं भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ प्रदेश सरकारले आवश्यक ऐन, कानुनको तर्जुमा गरी जुनसुकै दलको नेता तथा कार्यकर्ता भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने र दलगत स्वार्थमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

    उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः सुरेन्द्रराज गोरसाईँ, दिलकृष्ण महर्जन, रघुनाथ महर्जन, आशा लामा, राजेन्द्र प्रजापति, नेत्रप्रसाद गोतामे, आनन्द श्रेष्ठ, उर्मिला खनाल, रामप्रसाद ढुङ्गाना, उर्मिला तामाङ, प्रभात तामाङ, दीपेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर भोमजन, माइली तामाङ, कुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, कञ्चन बादे श्रेष्ठ रहेका छन् । यसैगरी, रुकु चौलागाईं, प्रेमबहादुर पुलामी (छिन्तु), कुमारी तामाङ, ईश्वर सापकोटा, सुरेश श्रेष्ठ, गीता काफ्ले, सरल सहयात्री पौडेल, मोनिका श्रेष्ठ, श्रीराम लामिछाने, विनु राइमाझी पौडेल, कृष्णकुमार तामाङ, हरिप्रसाद सापकोटा, सृजना सैजू, धनश्याम प्रजापति, प्रेमभक्त महर्जन, सुकुमाया तामाङ, केशवप्रसाद पोखरेल, युवराज चौलागाईं हुनुहुन्छ ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १९ गते बिहान साढे १० बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो । नीति तथा कार्यक्रम भोलि हुने बैठकबाट पारित हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.