• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँग जोडिएको हिमाल हो, अन्नपूर्ण । हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो ।

    पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । पहिलो पटक आरोहण गरेको दिन जुन ३ लाई प्रत्येक वर्ष टान गण्डकीले निरन्तररुपमा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको उहाँको भनाइ छ । “टान गण्डकीको स्थापनाको ३० वर्षयता अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण आरोहण दिवस नेपालकै पर्वतीय पर्यटनको विशिष्ट दिन हो ।”

    नेपालमा आउने विदेशी पर्यटकमध्ये करिब ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये औसतमा १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेका छन् । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको बताउँदै अध्यक्ष पन्थीले यस दिवसको गरिमा र महत्वलाई जीवन्त राख्नु अपरिहार्य भएको बताउनुभयो । फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ ।

    अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यसले पर्वतारोहणका क्षेत्रमा विश्वकै जेठो हिमालको उपाधि हासिल गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापा बताउनुहुन्छ ।

    विश्वबजारमा अन्नपूर्ण हिमालको महत्वलाई अझै उजागर गर्दै यसको पर्वतीय पर्यटनका क्षेत्रमा बजारीकरण गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखराले पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा थप चासो र चर्चा पाएको उहाँले बताउनुभयो । सन् १९५० अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेकोमा अन्नपूर्ण हिमालको आरोहणसँगै यहाँको पर्यटकीय विकासको औपचारिक सुरुआत भएको देखिन्छ ।

    हर्जोगले पोखरासहित नेपाललाई विश्वभर चिनाउने काम गरेको बताउँदै थापाले त्यसपछि मात्र नेपालका हिमालबारे अध्ययन–अनुसन्धान सुरु भएको बताए । अन्नपूर्ण आरोहण दिवसका दिन टान गण्डकीले प्रत्येक वर्ष अन्नपूर्ण हिमालका काखमा अवस्थित एक पर्यटकीय गाउँको प्रवद्र्धन गर्दै आएको छ । यस वर्ष मर्दी हिमाल पदमार्गअन्तर्गत हेम्जा मेलबोटदेखि आस्तामसम्म छोटो दूरीको पदयात्रासँगै पदमार्गको सरसफाइसमेत गरिने टान गण्डकीका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

    अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार छ सय २९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरिएको छ । जसअन्तर्गत मनाङ र मुस्ताङसहित म्याग्दी, कास्की र लमजुङका विभिन्न क्षेत्रलाई समेटिएको छ । अन्नपूर्ण आरोहण दिवसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रअन्तर्गतका स्थल घान्द्रुक, ल्वाङ, सिक्लेस, भुज्रुङ, जोमसोम, लोमान्थाङ र मनाङस्थित इलाका कार्यालयमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

    दिवसकै अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा आज अन्नपूर्ण आधार शिविर(एविसी) देखि घान्द्रुकसम्म (४२.१९५ किमिको)अन्नपूर्ण म्याराथन हुने भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिनुभयो । म्याराथनका लागि विदेशी धावकसहित ५६ जना शनिबार नै अन्नपूर्ण आधार शिविर पुगी पूर्वअभ्यास गरिसकेको उहाँले बताउनुभयो । अन्नपूर्ण आरोहण दिवसको गरिमा र महत्वसँगै समग्र अन्नपूर्ण पदयात्रा क्षेत्रको प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको उहाँले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.