• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रासस कार्यकारी अध्यक्ष झा ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित

  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रौतहट । राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार, २०८०’बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाद्वारा आज गरूडामा आयोजित कार्यक्रममा उहाँ सम्मानित हुनुभएको हो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, गरूडा नगरपालिकाका प्रमुख कन्थमनिप्रसाद जयसवाल, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र मनोज चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम गरूडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीले रासस कार्यकारी अध्यक्ष झालाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो ।

    सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । स्व मनोज चौधरीको सम्झनामा उहाँकी श्रीमती पुनम चौधरीले उक्त पुरस्कारको स्थापना गर्नुभएको हो । हाल उहाँ गरुडा नगरपालिकाको उपप्रमुख हुनुहुन्छ । प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका सञ्चारकर्मीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णयअनुसार रासस कार्यकारी अध्यक्ष झालाई यस वर्ष सम्मानित गरिएको हो । गत वर्ष उक्त पुरस्कारबाट गोरखापत्रका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको थियो ।

    रौतहटबाट प्रसारण हुने रेडियो मधेस मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता मनोजकुमार चौधरीको कोरोना सङ्क्रमणका कारण ४१ वर्षको उमेरमा नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा २०७८ वैशाख २८ गते निधन भएको थियो । उहाँको निधनपश्चात् सम्झनामा उहाँकी श्रीमती पुनमले नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको अगुवाइमा ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’को स्थापना गर्नुभएको हो ।

    सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष पोखरेलले पुरस्कारबाट सञ्चारकर्मीलाई थप ऊर्जा मिल्ने बताउनुभयो । “पत्रकारिता पेसामा शुद्धता जरूरी छ, यस क्षेत्रमा नयाँ पुस्तालाई ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो । सो अवसरमा सम्मानित व्यक्तित्व झाले सञ्चारकर्मीले पत्रकारिताको गरिमा राख्न आवश्यक भएको बताउनुभयो । पत्रकारिता निष्पक्षरुपमा गरे नगरेको बारेमा सञ्चारकर्मी स्वयमले आत्मसमिक्षा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो

    । “पत्रकार महासङ्घको शुद्धिकरण कार्य इमान्दारीपूर्वक सफल बनाउन सबै लागिपर्नु पर्छ”, अध्यक्ष झाले भन्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खड्काले पत्रकारको पेशागत सुरक्षा र उचित पारिश्रमिकबारे धेरै अध्ययन गरेर सरकारलाई प्रतिवदन हस्तान्तरण गरेको जानकारी दिनुभयो । राज्यले सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष राजेश कर्ण, मधेस मिडिया प्राधिकरणका अध्यक्ष कैलाश दास, प्रदेश समितिका महासचिव श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सम्मान कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी र रासस प्रशासन प्रमुख शीतलप्रसाद महतोको समेत उपस्थिति रहेको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.