• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आलेख : रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रौतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट-३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका-५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भन्नुभयो । प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो । पछि अर्को तथ्य फेला पर्‍यो र यसको इतिहास कर्नाटकालसँग जोडियो । अहिले त यो कर्नाटकालभन्दा पनि प्राचीन हो भन्ने विभिन्न तथ्यहरु उजागर हुँदैछ ।

    जानकारहरुका अनुसार यस मन्दिर र वरपरको क्षेत्रको उत्खनन् गरी पुरातात्विक अध्ययन अनुसन्धानले पूर्णता पाए विगतको सिम्रौनगढ राज्यको मात्र होइन, नेपालकै इतिहासमा नयाँ ढङ्गले अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । उनीहरुका अनुसार यो मन्दिर १०औँ शताब्दी वरपरको हुनसक्ने अनुमान छ । यसको उत्खनन र संरक्षण राज्यबाटै हुनुपर्ने र यसलाई विश्व सम्पदामा सूचीकृत गरिनुपर्ने स्थानीयवासी बताउँछन् ।

    अनुसन्धानबाट नयाँ तथ्य फेला परेसँगै ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यस पतौरामन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग उठ्न थालेको छ । धार्मिक, पौराणिक एवम् पुरातात्विकरूपमा यो मन्दिर इतिहासको कैयौँ कालखण्डको साक्षीका रुपमा रहेकाले यसलाई विश्वसम्पदा सूचीमा समावेश गर्नुपर्ने माग गरिएको हो ।

    हाल पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा पुर्‍याउन आफू निरन्तर प्रयत्नरत रहेको नगरपालिकाका प्रमुख रिना कुमारी साहले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको धेरै सम्पदा विश्व सम्पदामा समावेश छ तर तराई मधेसको एउटा पनि सम्पदा विश्व सम्पदामा समावेश छैन ।” ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यो मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा स्थापित हुने उहाँको भनाइ छ । नेपालमा जम्मा १० वटा सम्पदालाई विश्वसूचीमा राखिएकाले अब अर्को गन्तव्य पुरातात्विक मन्दिर बन्ने मेयर साहको विश्वास छ ।

    पूर्वमन्त्री एवं सांसद साहको विषेश पहलमा उक्त मन्दिरको पर्खालका रुपमा प्रयोग गरिएको ऐतिहासिक इन्टाको पुुरातत्व विभागमा जाँच हुँदा मन्दिरको पर्खालका रुपमा रहेको इँटाहरु झन्डै १० इञ्चभन्दा बढी चौडाइ रहेको पाइएको छ । विसं २०६७/६८ मा सांसद साहले यस मन्दिरको अवस्थाका बारेमा पुरातात्वक विभागलाई खबर गरी मन्दिरको जीणोद्धारका लागि अनुरोध गर्नुभएको थियो ।

    यस मन्दिरको अध्ययनमा संलग्नका अनुसार मन्दिरको पुनःनिर्माण कर्नाटकालमा (११-१२ शताब्दी), फेरि अर्को पटक सेनकालमा (१५-१६ औँ शताब्दी) र पछिल्लो पटक अहिले भएको छ । हरेक पाँच/पाँच सय वर्षको अन्तरालमा मन्दिर लोप हुने र पछि पुनः प्रकट हुने विश्वास गरिन्छ । सांसद साहले जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठूलो इतिहास बोकेको सम्पदासहित रौतहटको मौलापुर पतौराको हजारौं वर्ष पुरानो पतौराको महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आफू लागिपरेको बताउनुभयो ।

    उहाँले यस्ता सम्पदाहरु विश्वसम्पदा सूचीमा समावेश गराउन आवश्यक कूटनीतिक तथा अन्य पहलका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बारी खन्ने क्रममा पुराना इँटा भेटिएपछि स्थानीयले सामान्य उत्खनन गर्दा मन्दिरको संरचना भेटिएकाे र पछि सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई मन्दिर बनाएर पूजाआजा गर्न थालिएको थियो । यस मन्दिरमा पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । पछिल्लो समय यस मन्दिरमा पूजा गर्न नेपाल तथा भारतीय भक्तजनको भीड लाग्न थालेको छ ।

    प्रारम्भिक उत्खननका क्रममा मन्दिर सेनकालीन रहेको पाइयो । मन्दिरमाथि माली टोल रहेकाले थप उत्खननमा नै बाधा पुगेपछि नगरपालिकाले बस्तीलाई अन्यत्र सारेर मन्दिर क्षेत्र खाली गराई वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्र नेतृत्वको टोली र पुरातत्व विभागले थप उत्खनन गर्दा मन्दिरको पुनर्निर्माण कार्य कर्नाटकालीन समयमा पनि भएको तथ्य फेला पर्‍यो । मन्दिरको प्रारम्भिक उत्खननको क्रममा नै कैयौँ रहस्यमयी तथ्यहरू बाहिर आउन थालेका छन् । यस मन्दिरको उत्खनन र पुरातात्विक अध्ययन भइरहेकै समयमा पुरातत्वविद् मिश्रको निधन हुँदा मन्दिरका अनेकौं तथ्य प्राप्तिमा समस्या भएको अनुभव गरिएको छ ।

    मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ । सिम्रौनगढमा कर्नाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुनसक्ने अनुमान गरिन थालिएको छ ।

    प्रारम्भिक उत्खनन प्रतिवेदनअनुसार ११ देखि १२ शताब्दी अर्थात् कर्नाटकालमै यस मन्दिरको पूनर्निर्माण गरिएको पाइएको छ । उत्खनन एवं अन्वेषणबाट प्राप्त अन्य तथ्यअनुसार मन्दिरसँगै एउटा दरबारको अवशेषसमेत भेटिएको छ । उक्त दरबार तत्कालीन शासकको केन्द्र हुन सक्ने अनुमान गरिएको छ । समय क्रमसँगै समाज, शासन एवम् प्रकृतिमा व्यापक परिवर्तन भएपनि यो मन्दिरको पुरानो अस्तित्व कायम नै रहेको देखिन्छ।

    प्राचीनकालदेखि नै मौलापुर धर्म र आस्थाको केन्द्र रहेको विश्वास गरिन्छ । मौलापुर शब्द संस्कृतको ‘मौला’र पुरबाट उत्पत्ति भएको हो । मानसार शिल्पशास्त्रका अनुसार मौलाको अर्थ भगवान् शिवको जट्टालाई जनाउँछ भने पुरको अर्थ नगर हुन्छ । यस अर्थमा पनि मौलापुर शिवको जटाबाट उत्पत्ति भई परापूर्वकालदेखि नै पवित्र शिव भूमि रहेको कुरा सहजै बुझ्न सकिन्छ ।

    रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्विक अध्येताहरुद्वारा अध्ययन सुरु भएको छ । मन्दिर उत्खनन्का क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्विक अध्ययन गर्न थालिएको हो । धेरै प्रमाणबाट मन्दिर कर्नाटकालको रहेको देखियो । पछि विदेशी टोलीले अन्वेषण गर्दा त्यो भन्दा पनि पुरानो हुनसक्ने अनुमान गरिएको छ । कुनै कालखण्डमा यहाँ एउटा समृद्ध सहर रहेको प्रमाण पनि फेला परेको छ ।

    पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन थालेको छ ।मौलापुर नगरपालिकाका अनुसार जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिची भिलिस र एलिक नेलोरको संयुक्त टोलीले पुरातात्विक अध्ययन थालेको थियो ।

    मधेश प्रदेशमै नमुना पालिकाको रूपमा रहेको मौलापुर नगरपालिकाले विकास पूर्वाधारका साथै यहाँ रहेका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा पनिजोड दिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साह बताउनुहुन्छ । ‘‘पतौरा महादेव मन्दिर मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘यस मन्दिरको प्रवर्द्धन र विकासलाई नगरपालिकाले उच्च महत्व दिएको छ ।” यस मन्दिर प्राङ्गणमा २०७६ फागुनमाआयोजना गरिएको महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजाअर्चना गर्नुभएको थियो ।

    धार्मिक पर्यटनको हिसाबले यस क्षेत्रलाई विश्व समुदायमा प्रचार गर्न सकिने सम्भावना रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा भन्नुहुन्छ, “यस मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न सकिएमा पुरातात्विक विषयमा चासो राख्ने पर्यटकहरुलाई पनि भित्र्याउन सकिनेछ ।” सरकारले २०७५ सालमा देशैभरका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेकामा मधेस प्रदेशबाट पतौरा महादेव मन्दिरलाई पनि छनोट गरेको थियो । सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको थियो ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.