• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मोरङ । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तरीय एकीकृत विपद् व्यवस्थापन ‘अभ्यास हातेमालो–५’ कार्यक्रममा सहभागीलाई विपद्पूर्वको तयारी र योजना र विपद्को दौरान र पश्चात विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वयनबारे ज्ञान तथा अभ्यास सम्बन्धमा छलफल एवं जानकारी गराइएको छ ।

    सहभागीलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा स्पष्टता, प्रदेश र जिल्ला र स्थानीयको भूमिका र जिम्मेवारीको बारेमा जानकारी, विपद् प्रतिकार्य र मानवीय सहयोगको अवस्थामा सरकारी र गैरसरकारी सङ्घसंस्थाहरूसँग विभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्यको संयन्त्रको विषयमा छलफल एवं अभ्यास गराइएको थियो । विपद्को दौरान र विपद्पश्चात जनशक्ति, स्रोत तथा साधनको परिचालनसम्बन्धी सम्बन्धित सबैको कर्तव्य र जिम्मेवारी तथा प्रदेश जिल्ला र स्थानीय तहमा विपद् प्रतिकार्यका लागि आवश्यक योजना गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौतीबारे जानकारी र समाधान उपायको पहिचान गर्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनधनको क्षति हुन नदिन नेपाली सेनालगायत सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसका लागि सरकारले आवश्यक नीतिगत प्रबन्ध र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापनमा नागरिकको उद्धारमा महत्त्वपूर्ण सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले विपद्का समयमा स्थानीय जनताको सहयोगमा गरिने उद्धार, राहतले यस क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले पछिल्लो समयमा प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनाबाट मानिसको मृत्यु र अपाङ्गताको सङख्यामा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि जनतामा ट्राफिक नियम सम्बन्धमा जनचेतना वृद्धि गर्नुपर्नेुमा जोड दिनुभयो । पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले अभ्यासको पूर्वतयारीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

    सेनाका विपद् व्यवस्थापन विभागका सहायक रथी रवीन्द्र खत्रीले विपद् व्यवस्थापनका समयमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने धनकुटाका गणपति सुमन थापाले अभ्यास–५ का विषयमा जानकारी गराउनुभएको थियो ।

    अभ्यास–५ मा नेपाली सेना, सशस्त्र प्रहरी, तीन तहका कर्मचारी, विभिन्न गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि सेनाको पृतना कार्यालयअन्तर्गतका १४ जिल्लामा जेठ १३ गतेदेखि २० गतेसम्म अभ्यास मनसुन–३ सञ्चालन भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.