काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १६ हजार २४२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ५४१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ७०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ८२० रहेका छन् । आज १० हजार ४९४ जनाको पिसिआर परिक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ । आज थप ८जनाको मृत्यु भएको छ ।








