• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

स्वास्थ्य सबै नीतिमा विषयक गोष्ठीः सबै मन्त्रालयको सहयोगको अपेक्षा

  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘स्वास्थ्य सबै नीतिमा’ विषयक गोष्ठी शुक्रबार सौराहामा सम्पन्न गरेको छ । नेपालमा पहिलो पटक बागमती प्रदेशले यसै आर्थिक वर्षमा स्वास्थ्य सबै नीतिमा कार्ययोजना तयार गरी लागू गर्न लागेको हो । यसै सन्दर्भमा आयोजित कार्यक्रममा स्वास्थय मन्त्री उत्तम जोशीले आम नागरिकले निःशुल्क पाउनु पर्ने उपचार पाउन नसकेको बताउनु भएको छ । संविधानमा रहेको मौलिक हक व्यवहारमा उतार्न नसकिएको भन्दै उहाँले कम्तीमा बागमती प्रदेश अन्तरगतका अस्पतालहरुमा यो नीति लागू गर्नुपर्ने बताउनु भएको हो ।

    गोष्ठीलाई सम्बोधन गर्दै उहाँले कसैले विदेशमा गएर महंगो अस्पतालमा उपचार गर्ने, कसैले यही सिटामोल र जीवनजल समेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने अवस्थाका अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “बागमती प्रदेश सरकारका अन्तर्गतका अस्पताल र सम्बन्धन दिएका अस्पतालमा विपन्नलाई तोकिए अनुसारको निःशुल्क उपचार हुनुपर्छ ।” यो प्रदेशमा उपचार नपाएर कसैको ज्यान नजाओस् भन्ने कुरामा मन्त्रालय सचेत रहेको उहाँको भनाई छ ।

    संविधानले शिक्षा र स्वास्थ्य मौलिक हकमा राखेको चर्चा गर्दै मन्त्री जोशीले मौलिक हक कार्यान्वयनमा बागती प्रदेश सरकार लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य मन्त्रालयले चाहेर मात्रै स्वास्थ्यको समस्या समाधान गर्न नसक्ने हुँदा सबै मन्त्रालयको समन्वय हुनेछ भन्नेमा म विश्वस्त छु ।” सोही अवसरमा स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले ८० प्रतिशतभन्दा बढी नसर्ने रोग र सडक दुर्घटना रहेको भन्दै यसको नियन्त्रणका लागि सबै मन्त्रालयको समन्न्वय आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “बागमती प्रदेश सरकारले देशमै पहिलो पटक यो कार्यक्रम लागू गरेकाले सफल बनाउन सबै एक ठाउँमा हुनुपर्छ ।” विश्वका धेरै देशहरुमा पहिले देखि नै स्वास्थ्य सबै नीतिमा कार्यान्वयनमा आएको भन्दै उहाँले मानव स्वास्थ्य पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राम्रा सडक बनाएर जनता नै नरहे को हिड्छ ?” उहाँले प्रश्न गर्दै भन्नुभयो “पूर्वाधार भन्दा पहिलो स्वास्थ्यमा लगानी गर्नुपर्छ । स्वास्थ्यको खर्च होइन, लगानी हो ।” स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल आउने उहाँको भनाई थियो ।

    कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख दीपकप्रसाद तिवारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा जनस्वास्थ्य विज्ञ भोगेन्द्रराज डोटेलले स्वास्थ्य सबै नीतिमा विषयका तयार पारिएको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रादेशक स्वास्थ्य अधिकृत हरि भुषालले स्वास्थ्य सबै नीतिको विश्व अनुभवबारेमा प्रकाश पार्नुभएको थियो । उहाँले सन् १९४८ देखि नै डब्लुएचओले यस विषयलाई उठान गरेको भन्दै स्थानीय पालिकासम्म सबै नीतिमा स्वास्थ्य समेट्नु पर्ने बताउनुभयो ।

    यस अघि मुख्यमन्त्री सहित मन्त्री र सचिवहरुको उपस्थितिमा स्वास्थ्य सबै नीतिमा विषयमा छलफल गरी कार्यान्वयनमा ल्याउने सहमति भईसकेको छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा पटकपटक छलफल गरी अन्तिम निचोडमा पुग्न लागेको हो । विश्वमा धेरै पहिलेदेखि यो नीति लागू भएपनि नेपालमा कार्यान्वयनमा नआउँदा मानव स्वास्थ्यमा हुनुपर्ने प्रगति हुन सकेको छैन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.