काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२४३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।








