• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ ।

    केन्द्रका प्रमुख डा कोपिला अधिकारीले चालु आर्थिक वर्ष २०७९÷८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले आगामी आव २०८०÷८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, ल्याब, एक्सरे, भिडियो एक्स–रे कक्ष रहने उहाँले बताउनुभयो ।

    भवन निर्माण सम्पन्न भएसँगै बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिने डा अधिकारीले बताउनुभयो । हालसम्म जिल्लामा आयुर्वेद अस्पतालमा बिरामी भर्ना सुविधा छैन । उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएपछि अस्पतालबाट बिरामीलाई राम्रो सेवा प्रवाह गर्न सकिन्छ ।”

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र मातहतमा गत आव २०७८÷७९ मा ५६ हजार बिरामीले सेवा लिएका थिए । चालु आवमा यो सङ्ख्या अझै बढ्ने अस्पतालको आकलन छ । केन्द्रअन्तर्गत रत्ननगरको बकुलहरमा स्वास्थ्य केन्द्र, कालिका–७, खैरहनी–१२ र इच्छाकामना–३ मा तीनवटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । यस्तै भरतपुर–१५ शिवनगरमा जीवनशैली व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ ।

    स्थानीय सरकारमातहत भरतपुरको देवघाट, शिवघाट, कविलास, गुञ्जनगर, पटिहानी, मेघौलीमा आयुर्वेदिक औषधालय रहेका छन् । यस्तै माडी–१, राप्ती–१ मा पनि आयुर्वेदिक औषधालय छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य गरी थेरापीका बिरामीको चाप बढी हुने गरेको डा अधिकारीले जानकारी दिनुभयो ।

    बाथव्यादीका बिरामी, नसा च्यापिएको, हड्डी खिइएका बिरामीलाई औषधोपचार र बाफले सेक्ने स्नेहन स्वदेन, ढाड दुख्नेका लागि कट्टीबस्ती, घुँडाको दुखाइका लागि जानुबस्ती, घाँटीका लागि गृभाबस्ती, दुखाइ, सुनिएको पत्रपिण्ड स्वेदन, अनिन्द्रा, एन्जाइटी, तनाव व्यवस्थापनका लागि शिरोधारा, नसारोगका लागि मात्राबस्ती गरिँदै आएको उहाँले बताउनुभयो ।

    केन्द्रमा बिरामी परीक्षण एवं अत्यावश्यक सेवा, आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशालामा रगत, दिसापिसाब परीक्षण, भिडियो एक्स–रे, सशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, क्षारसूत्र सेवा, पञ्चकर्म, पूर्वकर्म सेवालगायतका सेवा पनि उपलब्ध रहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.